Latest Updates :

दशैको बेला <प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा

SHARE THIS POST :
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दाँतको परीक्षण गरेका छन्। उनले बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा पुगेर दाँतको परीक्षण र उपचार गराएका हुन्।हिजो मंगलबार अस्पततालबाट बालुवाटारमा टोली पुगेर दाँतको परीक्षण गरेका थिए। परीक्षणपछि थप उपचारका लागि प्रधानमन्त्री ओली आज अस्पताल पुगेका हुन्।अस्पताल पुगेर प्रधानमन्त्री ओलीले सिविसिटीद्धारा दाँतको एक्सरेसहित अन्य परीक्षण गरेको अस्पतालका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिएप्रधानमन्त्री ओलीको दाँतको परीक्षण डा सन्ध्या श्रेष्ठ, डा सन्तोषमान राजभण्डारी, डा अंकित शाह, डा सौगात गौतम, डा जोन गुरुङ, डा परिधि शर्माले गरेका थिए। यसैगरी, रमिता खत्री, सुस्मा नेपाली, डा गोविन्द शाही लगायतले पनि सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

काठमाडौं, १ कात्तिक । मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । राजधानीको ठूलो भर्‍याङमा बिहीबार बिहान सानो भर्याङ बस्दै आएका ५५ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको हो ।उनको स्थायी घर सिन्धुपालचोक जुगल–७ हो । तामाङको मनमोहन मेमोरियल अस्पताल, कलंकीमा उपचारका क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, स्वयम्भुले ठक्कर दिने सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger