Latest Updates :

बाख्रा चराउन गएकी १५ वर्षीया किशोरीले गरिन् आत्महत्या

SHARE THIS POST :

बाख्रा चराउन वन गएका बेला हराएकी बालिकाको शव झुण्डिएको अवस्थामा भेटिएको छ। राजापुर नगरपालिका – ४ की १५ वर्षीया प्रमिला चौधरीको शव स्थानीय सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला परेको हो।

बाख्रा चराउन राजापुरस्थित संघर्षनगरको सामुदायिक वनमा गएकी किशोरीका आइतबार हराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।उनका अनुसार बालिकाको शव सोमबार रुखको हाँगामा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको हो।

किशोरी स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत पढ्दै थिइन्। घटना स्थलको प्रकृति मुचुल्कापश्चात किशोरीको शव पोष्टमार्टमका लागि अस्पताल पुर्‍याइएको छ। रिपोर्ट आएपछि घटनाको वास्तविकता पत्ता लाग्ने उपरीक्षक भारतीले जानकारी दिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger