Latest Updates :

राजेश पायल राईको विहे अन्तिम तयारीमा, को हुन राईको फेसबुकमा सरप्राइज दिने एयर होस्टेज ?

SHARE THIS POST :
राजेश पायल राई नेपालका सबैभन्दा चर्चाको भर्सस्टाइल गायक मानिन्छन् । हरेक गीतदेखि फेसनसम्मको बजारमा चर्चा चल्छ ।उनी चर्चित गायक राजेश पायल फेरि एक फरक कारणले चासो र चर्चामा आएका छन् । त्यो हो–उनले आफ्नो फेसबुक वालमा राखेको सुन्दर युवतीको तस्विर । राजेश पायलले क्यानडा बसेर जेट एयर होस्टेज गरिरहेकी स्मारिका श्रेष्ठको तस्विर पोष्ट गरेपछि अहिले राईका सांगीतिक जगतमा राजेश पायलले शेयर गरेको तस्विरलाई लिएर अड्कलबाजीहरु शुरु गरिएको छ ।

विगतमा महानायक राजेश हमालले विहे गरेपछि तत्काल आफ्नो पालो आउने बताउँदै आएका राजे पायल महानायकको विहेपछि आफ्नो विहेको पालो आउने वाचाबाट चुके ।

त्यसपछि सुस्ताएको राजेश पायलको विहेको चर्चा उनले पोस्ट गरेको सुन्दर युवतीको तस्विरसँगै फेरि बढेको छ । अहिले राजेशलाई नजिकका शुभचिन्तकहरुले उनको पोस्टबारे जिज्ञासा समेत जनाइरहेको बताइएको छ ।

राजेश पायलले आफ्ना शुभचिन्तकहरुलाई अब चाँडै विहे गर्ने मुडमा आफू रहेको बताइरहेका बेला उनले पोस्ट गरेको यो सुन्दर तस्विर कतै उनको मुडलाई सफल बनाउने परी त होइनन् ? भन्ने अनुमान हुन थालेको छ । राजेश पायलले मात्र होइन एयरहोस्टेज स्मारिका श्रेष्ठले पनि राजेश पायल राईको तस्विर आफ्नो वालमा राखेकी छन् ।

जसले गर्दा पनि राजेशले कतै विहेको तयारीलाई अन्तिम क्षणमा त पुर्‍याइरहेका होइनन् भन्ने शुभचिन्तकको शंका र अनुमानलाई बल पुर्‍याई दिएको छ । राजेश पायललाई पटक–पटक सञ्चारकर्मीहरुले उनको विहेको विषयलाई उठाउँदै विभिन्न प्रश्नहरु तेर्स्याउने गरेका छन् । तर, उनले विभिन्न वहाना बनाउँदै विहेको कुरालाई तर्काउँदै आएका छन् ।

राजेश हमालको विहेपछि विहेको वहानाबाट आफूलाई जोगाउन कठिनाइ भोगिरहेका राजेश पायलले आखिर यति सुन्दर एयर होस्टेजकै लागि यतिका वर्ष कुरेका हुन् त ? अनि सञ्चारकर्मीका सयौं प्रश्नहरुको सामना गर्दै आएका हुन् त ? भन्नेसम्मको चर्चा अहिले बजारमा चल्न थालेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger