पेरुको राजधानी लिमाका एक व्यक्तिले गूगल म्याप्स्मा श्रीमतीलाई अर्कै पुरुषसँग देखेपछि डिभोर्स गरेका छन् ।
ल्याटिन अमेरिकी मिडिया ला क्रोनिकाले जनाएअनुसार ती व्यक्तिले फेसबुकमार्फत श्रीमतीको अर्कै पुरुषसँग अफेयर भएको थाहा पाएका हुन् । गूगल म्यापले लिएको फोटो उनले फेसबुकमा भेटेका हुन् ।
उनले भेटेको फोटो सन् २०१३ को अक्टोबरमा पुएन्टे दे लोस सुस्पिरोसमा लिइएको हो । जसमा एक जना पुरुष एक जना महिलाका काखमा आराम गरिरहेको देखिन्छ ।
आफ्नी श्रीमतीलाई अर्कै पुरुषसँग देखेपछि ती व्यक्ति अचम्मित भएका हुन् । उनले कपडाका आधारमा फोटोमा देखिएकी महिला आफ्नै श्रीमती हुन् भनेर थाहा पाएका हुन् ।
फोटो देखिसकेपछि उनी श्रीमतीसँग विवाद गर्न थाले । श्रीमतीले अर्का पुरुषसँगको अफेयर पनि स्वीकारिन् । त्यही निहुँमा उनीहरुबीच डिभोर्स भयो ।
गूगल म्याप्स्मा आएको तस्बिरले चर्चा पाएको यो पहिलो पटक भने होइन । यसअघि पनि गूगल म्याप्सले केही जोडीका आपत्तिजनक अवस्थाका तस्बिर खिचेको थियो ।
यो पनि- ‘मलाई देखेर मेरै श्रीमानसँग अनु मलिकले भनेका थिए – क्या माल छ !’ :
यौन उत्पीडनलाई लिएर भारतमा दिग्गज हस्तीहरु आरोपले घेरिने सिलसिला रोकिएको छैन । पछिल्लो समय चर्चित संगीतकार अनु मलिकलाई आराेप लागेको छ ।
४२ वर्षीया गायिका सोना महापात्राले संगीतकार अनु मलिकले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । अनु मलिकले आफूलाई अबेर रातमा पनि लगातार फोन गर्ने गरेको बताएकी छन् ।
सोनाले अनु मलिकसँग २००६ मा एउटा कार्यक्रममा पहिलो पटक भेट भएको हिन्दुस्तान टाइम्ससँगको एउटा साक्षात्कारमा बताइन् । उनले भनिन्, ‘उनले मलाई र मेरो श्रीमान राम सम्पतलाई लन्चका लागि आईटीसी ग्र्याण्ड मराठामा बोलाएका थिए । मेरो श्रीमानसँग उनी पहिले नै काम गरिसकेका थिए । उनलाई हाम्रो विवाह भएको थाहा थिएन । भेटघाटकै क्रममा म रेस्ट रुममा गएँ । त्यतिबेला अनु मलिकले एउटा भद्धा टिप्पणी गरे – क्या माल छ सम्पत ।’
सोनाका अनुसार त्यसपछि पनि अनु मलिकले रातिराति फोन गरेर अचम्मका कुरा गर्थे । पछि सोनाले मलिकको फोन उठाउनै छाडिदिइन् ।
हिन्दुस्तान टाइम्सका अनुसार राम सम्पतले पनि यो आरोपको पुष्टि गरेका छन् । अनु मलिकले भने यो आरोपमा बोल्न अस्वीकार गरेका छन् ।
यसभन्दा पहिले पनि सोनाले कैलाश खेरमाथि यस्तै आरोप लगाएकी थिइन् । ट्विटरमा उनले लेखेकी थिइन्, ‘एकपटक म कैलाश खेरसँग एउटा कन्सर्टको तयारीका लागि मुम्बईको पृथ्वी क्याफेमा गएको थिएँ । त्यतिबेला उनले मेरो तिघ्रामा हात राख्दै भनेका थिए – ‘तिमी निकै नै सुन्दर छौ । राम्रो भयो कि कुनै अभिनेताले नभएर एउटा संगीतकारले तिमीलाई पायो ।’ यो सब सुनेपछि म त्यहाँबाट निस्केँ ।’
Post a Comment