Latest Updates :

पोखराको बेगनास तालमा शनिबार डुंगा दुर्घटना हुदा बेपत्ता भएका ४ बच्चा सहित ६ जना मृत फेला परेका छन् ।

SHARE THIS POST :
डुङ्गा दुर्घटनामा परि बेपत्ता भएका गैडाकोट घर भएका एकै परिवारका ३२ बर्षीय रवि खनाल र  उनका दुई छोराहरु ८ बर्षीय शंकर  खनाल र ७ बर्षिय शिव खनालको शब् फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । त्यसैगरी पोखराकी १८ बर्षिय मनिषा बजगाई र ५ बर्षिय  प्राचिन पौडेल तथा तनहुँ भिमाद नगरपालिकाका ४ बर्षिय रन्जित गैरे समेत मृत फेला परेको डिएसपी गुरुङले बताए ।

बेपत्ता भएकाहरुको शनिबार साझ सम्म र आइतबार विहान साढे सात बजेदेखि नै खोजीकार्य सुरु गरिएकोमा आइतबार मध्यान्ह १२ बजे सम्म  ६ जना मृत फेला फेला परेको  डिएसपी गुरुङले बताए । नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको गोताखोरको टोलीले खोजीकार्य गर्दा  पहिलो शब् आइतबार १०:३० बजे भेटेको र खोजि गर्दै जादा मध्यान्ह १२ बजे सम्म सबै जना बेपत्ता व्यक्तिहरु मृत फेला परेको उनले बताए ।

शनिबार दिउसो आफन्तको मा दर खान निस्केका १०  जनाको एक समुह बेगनास तालको लिब्दी भन्ने ठाँउमा डुंगा डुव्न पुग्दा एकै परिवारका ३ जना सहित ६ जना बेपत्ता भएका थिए । उक्त दुर्घटनामा परेका २ जनाको शनिबारै मुत्यु भएको हो  भने  २ जनाको सकुसल उद्धार गरिएको हो । प्रहरीका  अनुसार दुर्घटनामा परी पोखरा महानगरपालिका वडा नं २८ कालिका घर भएकी ५१ बर्षिय कृष्ण कुमारी बजगाई र पोखरा ३१ बेगनास घर भएकी बर्ष ३२ की जमुना कडेलको शनिबार  मुत्यु भएको हो ।  उद्धार पछि उपचारको  क्रममा बजगाइको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा र कडेलको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  मृत्यु भएको हो  । दुर्घटनामा परेका सपना खनाल र निशा पौडेलको भने सकुशल उद्धार गरिएको हो  । सकुशल उद्धार हुनेमा सपना खनाल डुंगा चालक  मृतक रवि खनालकी  श्रीमती रहेको र   निशा पौडेल मृतक बालक प्राचिनकी आमा  रहेको बताइएको छ ।

डुङ्गा गन्तव्यमा पुग्नु भन्दा करिव डेढ सय मिटर वर नै दुर्घटना भएको हो । दुर्घटनास्थल बेगनास डुंगाघाँट देखि करिब २ किलोमिटर टाडा रहेको छ । तिज पर्व मान्नका लागि वेगनासताल पारि घर भएका आफन्त कमल कडेलको घरमा आएको वताइएको छ । तालमा छुट्टै डुंगामा एक्लै सवार गरिरहेका कमल कडेल  डुंगा पल्टिएको देखेपछि बेहोस भएका थिए । उनी पनि तालमा खसेपछि उद्दार टोलीले उद्दार गरेको थियो । उनको अवस्था समान्य रहेको बताइन्छ ।

डुङ्गामा सवार प्राचीन पौडेल एक्कासि तालमा खसेपछि आमा निशा पौडेल उद्दारको लागि तालमा हाम फालेसंगै डुंगा अनियन्त्रित हुदा डुंगामा पानी पसेर डुंगा डुव्न पुगेको स्थानिले बताएका छन। लाईफ ज्याकेट विना एकै डुंगामा १० जना सवार भई डुंगाबाट दुई जना खस्न पुगेसंगै अन्य डुंगामा सवार तालमा डुव्न पुगेका हुन। डुङ्गा डुवे लगत्तै स्थानीयबासि उद्दारमा जुटेकाले केहीलाई बचाउन सकिएको स्थानिय बेगनास युवा क्लवका अध्यक्ष रामबहादुर रानाभाटले बताए ।

पोखराको बेगनास तालमा असावधानिका कारण लाईफ ज्याकेट विना डुंगा सयर गर्दा ठुलो दुर्घटना निम्तिएको स्थानियले बताए । केही बर्ष अघि पोखराको बेगनास र फेवातालमा डुंगा सयर गर्दा अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनु पर्ने अन्यथा कारवाही गर्ने व्याबस्था गरिएको थियो । यद्यपी उक्त निर्णय कार्यन्वयन गर्न नसक्दा शनिबार बेगनास तालमा डुंगा डुब्दा ठुलो दुर्घटना निम्तिएको हो । लाईफ ज्याकेट विना डुंगा सयर गरेका उनीहरु एकै डुंगामा वालक सहित १० जना सवार  रहेका थिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger