Latest Updates :

एसियाडमा नेपाललार्इ पहिलो पदक दिलाउने यी १६ वर्षीय युकेश गुरुङ सहितको

SHARE THIS POST :
एसियाडमा नेपालका लागि प्याराग्लाइडिङतर्फ रजत पदक जित्न सफल १६ वर्षीय युकेश गुरुङ

जकार्ता (इन्डोनेसिया) : घरबाट भागेर प्याराग्लाइडिङ सिकेका पोखराका १६ वर्षीय युकेश गुरुङले एसियाली खेलकुदबाट नेपाललाई रजत पदक दिलाएका छन् ।

पहिलो पटक एसियाली खेलकुदको १८ औं संस्करणमा समावेश गरिएको प्याराग्लाइडिङमा युकेशसहितको टिमले नेपाललाई रजत पदक दिलाउन सफल भएका हुन् ।

पोखरा महानगरपालिका-१८ का युकेशले यसै वर्ष एसईई पास गरेका हुन् । उनले नौ वर्षदेखि प्याराग्लाइडिङ गर्दै आएका थिए । नौ वर्षको उमेरमा उनले घरबाट भागेर प्याराग्लाइडिङ गर्न थालेका थिए ।

‘पहिलो पटक घरबाट भागेर प्याराग्लाइडिङ गर्न गएको थिएँ’, पदक जितेपछि खुशी हुँदै युकेशले भने, ‘त्यो बेला देशकै लागि पदक जित्छु भन्ने सोचेको थिइनँ, तर आज नसोचेको सफलता मेरो सामुन्ने छ ।’

प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्रीतर्फ जापानसँग केबल २७ अंकले पराजित भएको नेपालले यो रजत २० वर्षपछि जितेको हो । नेपाललाई ऐतिहासिक रजत दिलाउन भूमिका खेलेका युकेशले प्याराग्लाइडिङको औपचारिक प्रशिक्षण भने सन् २०१२ बाट लिएका थिए ।

मौसमले साथ नदिए पनि ९ वर्षदेखि नै घरबाट भागेर उनी प्याराग्लाइडिङ गर्न गइहाल्थे । अभिभावकलाई ढाँट्दै सुरु गरेको प्याराग्लाइडिङले उनलाई कुशल प्याराग्लाइडर मात्रै बनाएन १६ वर्षको उमेरमै देशको गौरब बढाउने अवसर पनि थियो ।

बुधबार नेपाललाई पदक दिलाउँदा उनी खुशीसँगै उत्साहित पनि देखिए । ‘देशका लागि पहिलो सहभागितामै पदक जित्न पाउँदा अत्यन्तै खुशी छु । रजत पदक प्राप्त गर्दा गौरवको अनुभूति भइराखेको छ’, अन्नपूर्णसँग कुरा गर्दै उनले भने, ‘यो खुशी सम्पूर्ण नेपालीसँग सेयर गर्न चाहन्छु ।’

उनले आफूले जितेको पदक आफ्नो व्यक्तिगत मात्रै नभएर देशकै भएको पनि बताए । ‘यो पदक मेरो होइन, देशको हो’, उनले भने, ‘त्यसैले सम्पूर्ण नेपालीसँग यो खुशी साट्न चाहन्छु ।’

प्याराग्लाइडिङमा पुरुषतर्फ नेपालको तर्फबाट युकेशसँगै कप्तान विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ र विशाला थापा सहभागी थिए । महिलातर्फ प्याराग्लाइडिङमा प्रतिभा भुजेल, तृषा तामाङ र सविता तामाङ सहभागी छन् । अन्नपुर्णपोस्ट
सम्बन्धित समाचार – सरकारले नचिनेको खेलबाट पदक :

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger