Latest Updates :

डेटिङ बस्दा प्रेमीप्रेमीकाले भोग्ने डरलाग्दो पिडा, प्रेममा रहेकाले निर्धक्कसँग खोले रहस्य

SHARE THIS POST :
शहरी क्षेत्रमा रहेका युवायुवतीहरुले ‘डेटिङ हिंसा’ भोग्ने गरेको खुलासा भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसर पारेर सार्वजनिक गरिएको अध्ययनमा यस्तो खुलासा गरिएको हो । नेपालमा सकृय रहेको सामाजिक सस्था युवालयले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार करिब २० प्रतिशतले किशोरकिशोरीले विभिन्न प्रकारको शारीरिक हिंसा भोगेका छन् ।

युवाहरुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी सस्था प्रेमालयले १ सय ५५ जना किशोरकिशोरीमाथि सर्वेक्षण गरेको थियो । सर्वेक्षणका क्रममा ७२ जनाले आफू परिवार तथा साथीसङ्गीसँग रहेका बेला प्रेमीप्रेमिकाले किचकिच गर्ने गरेको बताएका छन् । उनिहरुले दिक्क लगाउने लगायतका मनोवैज्ञानिक हिंसामा पार्ने गरेको उल्लेख गरेका छन् ।

नेपालको समाज तथा संस्कृति पितृसत्तात्मक रहेको भनिए पनि डेटिङ हिंसाको अभ्यास गर्ने र त्यसको पीडा भोग्नेमा महिला तथा पुरुष दुबै बराबर जिम्मेवार रहेको पाइएको युवालयका कार्यक्रम संयोजक सबिन बुढाथोकीले जानकारी दिएका छन् । सर्वेक्षणले प्रेम सम्बन्धमा किशोरकिशोरीहरुमध्ये कतिपयले डेटिङका क्रममा आफ्नै प्रेमीप्रेमिकाबाट हिंसा भोगिरहेको देखाएको प्रेमालयले जानकारी दिएको छ । उनीहरुले प्रेमी वा प्रेमिकाले गाली गर्ने, सामानहरू फालिदिने, धकेलिदिने लगायतका कार्य गर्ने गरेको उल्लेख गरेका छन् ।




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger