Latest Updates :

एउटा फिल्म खेल्दैमा मौनी रोयको घमण्डले आकाश छोएपछि देखाइन् यस्तो हर्कत (भिडियो)

SHARE THIS POST :
मुम्बइ। टिभीकी नागिन मौनी रोयले अक्षय कुमारसँग फिल्म गोल्डमार्फत डेब्यू गरिन् । फिल्म राम्रै चलिरहेको छ र चार दिनमा फिल्मले ५५ करोड कमाएको छ । फिल्म सफल भएपछि मौनी रोयको घमण्डले आकाश छोएको छ । यतिसम्म कि उनले केही वर्ष अघिसम्मका आफ्ना प्रेमीलाई नै चिन्दिन भनिन् । उनका पूर्व प्रेमी मोहित रैना का विषयमा एक अन्तरवार्तामा सोधिएको प्रश्नमा मौनीले मोहितलाई चिन्न अस्वीकार गरेकी हुन् ।

हालै मौनीलाई मोहितसँग एउटा विज्ञापनमा काम गर्ने अफरसमेत आएको थियो । तर उनले यो प्रस्तावसमेत अस्वीकार गरिन् । अहिलेको अन्तरवार्तामा फिल्म पाएपछिको मातले मौनीले घमण्ड देखाउँदै भनिन् ‘म र मोहित कहिल्यै साथीसमेत थिएनौं ।’ जबकि १ वर्ष पहिले यी दुईले एकसाथ अन्तरवार्ता दिएका थिए । त्यो अन्तरवार्तामा मोहितले आफूले बिहे गर्ने बताए तर कोसँग भन्ने खुलाएनन् । त्यसपछि त्यही प्रश्न मौनीलाई सोध्दा उनले मात्रै मुस्कुराइन् । मौनीको यो मुस्कानकै कारण यी दुईको बिहे हुने संकेत मिलेको थियो ।

यद्यपि मौनीले यसरी घमण्ड देखाएको पहिलो पटक भने होइन । गोल्डमा अक्षय कुमारसँग डेब्यू गर्न अवसर पाएसँगै मौनीलाई घमण्ड चढिसकेको थियो । त्यतिबेलै एक कार्यक्रममा समेत मौनीले फोटोग्राफरलाई नै थर्काएकी थिइन् । तलको भिडियोमा हेर्नुहोस् मौनीले कसरी आफ्नो घमण्ड देखाएकी थिइन् ।

भिडियो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger