बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका राष्ट्र प्रमुखहरुले भाग लिनेछन् ।
सम्मेलनका दौरान भीआइपीहरुको सवारी हुँदा ट्राफिक आवागमनमा असहज हुने भन्दै जोरबिजोर प्रणाली लागु गरिएको हो ।आइपीको सवारी हुँदा कम्तिमा आधा घण्टा सडक प्रभावित हुनेछ ।
हाल काठमाडौँ उपत्यकाको सडकमा १ मिनेटमा औसतमा १३० वटा गाडी चल्ने गर्दछ । कोटेश्वर क्षेत्रमा त यो औसत २ सय रहेको छ । यसरी आधा घण्टासम्म सवारी आवगमन प्रभावित हुँदा अत्याधिक जाम हुने भएपछि जोरबिजोर प्रणाली लागू गर्नु परेको महाशाखाले जनाएको छ ।
यसअघि, सार्क सम्मेलन र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा सार्वजनिक बिदा दिइए पनि यसपटक भने नेपाल सरकारले बिदा दिएको छैन । यसअघि बिदा दिँदा ब्यापकरुपमा विरोध भएपछि सरकारले बिदा नदिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते बिजोर नम्बर प्लेट भएका सवारी साधनहरु चल्न पाउनेछन् भने १४ गते जोर नम्बर प्लेट भएका सवारीहरु चल्न पाउनेछन् ।
यो नियम सरकारी सवारीमा भने लागू नहुने बताइएको छ । त्यस्तै, विशेष सुरक्षा पास लिएका सवारीहरुमा पनि यो लागू हुने छैन ।
महाशाखाका अनुसार १३ गते बुधबार र १५ गते शुक्रबार नम्बर प्लेटमा अन्तिम अक्षर विजोर १, ३, ५, ७ र ९ भएका निजी र सर्वाजनिक सवारी चल्न पाउनेछन्
Post a Comment