अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने Nepal Idol 2 को प्रस्तोतामा भने रिमा विश्वकर्मा संग नयाँ अनुहार देख्न पाइने भएको छ । उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् । नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्धलामाले पहिलो स्थान प्रप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए । नेपाल आइडलमा प्रथम, दाश्रो र तेश्रो स्थान प्रप्त गर्न सफल बिजेताहरुले देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपेका थिए । आफुले गाएका गीतहरुको भिडियो प्रसारण हुने बित्तिकै त्चभलमष्लन मा पर्ने गरे बाट आइडलका बिजेताहरुको ख्याती प्रमाणित गर्दछ ।
मन जित्छ उस्ले, सुमधुर गाउछ जस्ले भन्ने नाराका साथ अडिसन राउण्डका कार्यक्रम प्रसारण गर्दै शुरुहुने Nepal Idol 2 का बिजेताले २० लाख नगद, एउटा Honda WR-V Car एउटा एलबमको सम्झौता र ध्यचमि त्यगच अथवा ५० लाख नगद, एउटा एलबमको सम्झौता र World Tour मध्य एक छनौट गर्न पाउने छन ।
Post a Comment