Latest Updates :

संसारकै यो अनौठो होटल, भिडियोमै हेर्दै तपाईको होस् उडाउँछ

SHARE THIS POST :
एजेन्सी । पृथ्वीमा प्रकृतिले विविधता र रोमाञ्चक कुराहरु त दिएको छ नै, मानिसहरुले त्यसमा अझ रोमाञ्चकता थप्नको लागि विभिन्न तरिका अपनाउँछन्। मानिसहरुले संसारभरी थरीथरीका, थरिथरि ठाउँमा विभिन्न विशेषता भएका होटलहरु संचालन गरेका छन्। ती मध्ये एक होटल कल्पना बाहिरको छ।

साउथ अमेरिकाको एक उपत्यकामा एक होटल संसारकै अचम्म लाग्दो र डर लाग्दो होटल। उक्त होटल माथी पहाडको भित्तामा बनाइएको छ, जहाँ पुग्नको लागि पनि कठीन छ। त्यहाँ पुग्नको लागि या त अर्को पहाडबाट डोरी लगाएर जानुपर्छ, या त सयौं सिंढीहरु चढ्नुपर्छ।

यस होटलमा पुगिसकेपछि बस्नको लागि पनि खतरनाक मानिन्छ। तर पनि पर्यटकहरु यो होटलमा बस्न जाने गर्छन्। निकै डर लाग्दो देखिने यो होटलमा वरिपरि सिसा लगाइएको छ। होटलमा बस्न आउने व्यक्तिले वरिपरिको वातावरण, दृश्य देख्न सकुन् र रोमाञ्चक अनुभूत गरुन् भन्ने उद्देश्यले सिसा लगाइएको हो। यो होटलको भित्र कोठामा बसेर पनि वरिपरिका ठूला भयानक पहाड, जंगल, झरना देख्न सकिन्छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger