Latest Updates :

इन्डोनेसियामा आएको भूकम्पमा ८२ जनाको मृत्यु

SHARE THIS POST :
जाकार्ता, इन्डोनेसिया, २१ साउन । इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जादा ८२ जनाको मृत्यु भएको छ। नेशनल डिजास्टर एजेन्सीका प्रवक्ताले ८२ जनाको निधन भएको र कैयौ घाइतेको भएको जानकारी दिएका छन्।

एक हप्ता पहिले भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय टापू लोम्बकमा १७ जनाको मृत्यु भएको थियो । आइतबारको भूकम्पको केन्द्रविन्दु लोम्बकको सतहबाट १० किलोमिटर गहिराइमा रहेको यूएसजीएसले बताएको छ ।

इन्डोनेसियाली अधिकारीहरूले भूकम्पपछि लोक्बक र वरपरका क्षेत्रमा सुनामी आउने चेतावनी दिँदै नागरिकहरूलाई सामूद्रिक क्षेत्रबाट टाढा रहन आग्रह गरेका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

इन्डोनेसियाको मौसम,जलवायु, तथा भूगर्वविज्ञान हेर्ने निकायका प्रमुख डिकोरिता कर्नावतीले स्थानीय टेलिभिजनमार्फत नागरिकलाई सामूद्रिक सतहदेखि अग्लास्थानमा गएर बस्न र सूनामीको प्रभाव शान्त भएपछिमात्र घर फर्कन आग्रह गरेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger