Latest Updates :

भर्खरै चितवनमा घट्यो अहिले सम्मकै डरलाग्दो घटना

SHARE THIS POST :
चितवनमा श्रीमतीले गरिन् श्रीमान्को विभत्स हत्या, पिर्कै पिर्काले ताकेर हान्दा हान्दा श्रीमानले प्राण त्यागेचितवन- माडीमा श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् । माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार खाना खाने समयमा सामान्य विवादपछि श्रीमतीले आफू बसेको पिर्काले हानेर श्रीमानको हत्या गरेकी थिइन् । श्रीमानको हत्यापछि कुलमतिलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ

चितवन, १७ असार । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो ।बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । अन्य चार जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ । –रासस।

नयाँदिल्ली। भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ ।बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने एकजना ७५ वर्षीय महिलाको शव भने घरको भूइँतल्लामा थियो ।झुण्डिएको अवस्थामा भेटिएका ती सबैको आँखामा पट्टी बाँधिएको छ । यहाँको एक स्थानीय इन्डिया टुडे टिभि च्यानलले सो जानकारी दिएको छ । मृत्यु भएकामा सात जना महिला र चार पुरुष रहेका छन् ।यसरी मृत्यु हुने सबैजना नयाँ दिल्लीमै प्लाइउडको व्यापार गर्दै आएका ललित भन्ने व्यक्तिको परिवारका सदस्य हुन् । उनीहरु विगत दुई दशक भन्दा बढी समयदेखि त्यही घरमा बस्दै र व्यापार गर्दै आएका थिए ।

उनीहरुले सञ्चालन गरेको पसल बन्द भएको देखेपछि छिमेकीहरुले सोधखोज गरेका थिए । त्यसपछि मात्र आइतबार बिहान घटना सार्वजनिक भएको हो ।तर पनि घटना केहीदिन पहिले नै भएको हुन सक्ने अनुमान गरिएको पनि सो समाचारमा जनाइएको छ ।दिल्ली प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ । प्रहरीले सामुहिक आत्महत्या या उनीहरुलाई झुण्याएर मारिएको हुनसक्ने दुवैको प्रारम्भिक अनुमान गरेको छ ।उनीहरुको शव घरको सिलिङमा रहेको फलामको डण्डीमा झुण्डिएको अवस्थामा थियो । प्रहरीले अनुसन्धानका लागि छिमेकीहरुसँग सोधपुछ गर्ने र सिसिटीभीको फुटेजहरु अध्ययन गर्ने काम गरिरहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।प्रहरीले यसलाई एउटा ठूलो रहस्यमय घटनाका रुपमा लिएको छ । उसले यस घटनाको गम्भीर रुपमा अनुसन्धान थालिएको जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger