Latest Updates :

कस्तो अचम्म पाइलटलाई आफुलाई आत्महत्या गर्न मन लागेपछि जहाज आकाशमा पड्काएर आफु संगै २३९ जनाको ज्यान लिए

SHARE THIS POST :
एजेन्सी । विमानका पाइलटले जानी जानी आत्महत्या गर्न विमान पड्काएको रहस्य खुलेको छ । उनले आफु सहित बिमानमा रहेका २३९ जनाको पनि ज्यान लिएका छन् । एमएच ३७० फ्लाइट नम्बरको मलेसियन एअरको जहाज ४ वर्ष अघि हराएको थियो ।
सो जेट विमानका चालकले जानीजानी राडार बन्द गरेको खुलासा भएको हो ।

विमान ४ वर्षअघि मार्च महिनामा क्वालालम्पुरबाट चीनको बेइजिङको नियमित उडानका क्रममा रहस्यमय ढंगले आकाशबाटै बेपत्ता पारिएको थियो । त्यो अरु कसैले नभएर पाइलट आफैले जानीजानी बेपत्ता बनाएको रहस्य पत्ता लागेको छ ।

चालक जहारी अहमद शाहले उदेश्यपूर्ण हिसावले विमान पड्काएको विज्ञहरुले अनुसन्धानवाट पत्ता लगाएका छन् । आत्महत्या गर्ने उद्धेश्यले पाइलटले चालकदलसहित २३९ यात्रुको ज्यान लिएको विज्ञहरुले बताएका छन् । चालक जहारीले विमान हराएपछि नभेटियोस् भन्नका लागि जानीजानी केही घण्टाअघि राडार बन्द गरेका थिए । शाहले राडारले पत्ता नलगाओस् र विमान कुनै दुर्गम स्थानमा दुर्घटना भएको देखाउनका लागि धेरै पटक विभिन्न प्रकारको गतिहरुको प्रयोग गरेका थिए ।

साथै सैनिक राडारले समेत थाहा नपाओस् भनेर उनले थाइल्याण्ड र मलेसियाको सीमामा धेरै पटक विभिन्न दिशामा उडाएका थिए । उनले अन्तिम बिदाईका लागि आफ्नो घरमाथिबाट पनि विमानलाई मोडेका थिए । विमान दुर्घटनाका एक अन्वेषक ल्यारी भान्सको विचारमा चालकले आत्महत्या गर्न चाहेको र यात्रुवाहक विमानलाई सदाका लागि बेपत्ता बनाउन सकेसम्म दुर्गम स्थानतर्फ लगेको बताएका छन् । अन्त्यमा उनले जानी जानी २३९ यात्रुको पनि ज्यान लिई पनि छाडे ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger