Latest Updates :

कपालको चायाँले हैरान हुनुहुन्छ ? अप्नाउनुहोस् यी उपाय

SHARE THIS POST :
सकपालमा चाँया हुनु आजभोलि सामान्य समस्या बनेको छ। यो सबैका लागि एक ठूलो शत्रु भएको छ। कालो लामो वा बाक्लो होस् यदी कपालमा चाँया छ भने त्यसको आकर्षण नै घटेर जान्छ। जाडो होस् वा गर्मी, कपालमा पर्ने चायाँको समस्याले धेरैलाई हैरान बनाएको हुन्छ। चायाँले गर्दा टाउको चिलाउने, कपाल झर्ने, ड्राइ हुने समस्या समेत बढ्दै जान्छ। आज हामीले तपाईँलाई चायाँबाट छुट्कारा दिने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ ।

यी घरेलु विधि एक पटक प्रयोग गर्नुभयो भने कपालको चायाँ हटेर जानेछ।

सामाग्री
सुन्तला
कपुर
टी ट्री ओइल


विधि
एउटा सुन्तला लिनुहोस् र उक्त सुन्तलाको जुस निकाल्नुहोस्। त्यसपछि एउटा कपुर लिनुहोस्। उक्त कपुरलाई पिनेर पाउडर बनाउनुहोस्। एउटा कचौरामा आफ्नो कपाललाई आवश्यक पर्ने जति सुन्तलाको जुस लिनुहोस्। उक्त जुसमा कपुरको पाउडर राख्नुहोस्। त्यसपछि त्यसमा अलिकति टी ट्री ओइल पनि राख्नुहोस्। सबै सामाग्री राखेपछि त्यसलाई राम्रोसँग घोल्नुहोस्।

यदि गरेपछि तपाईंले आफ्नो कपालमा त्यसलाई लगाएर राम्रोसँग मसाज गर्नुहोस् । याद रहोस् यो विधि तपाईंले नुहाउनुभन्दा करिब १ घण्टा पहिले आफ्नो कपालमा प्रयोग गर्नुपर्छ।  त्यसपछि १ घण्टापछि तपाईंले कपाललाई राम्रोसँग सफा पानीले धुनुहोस्। चाहनुहुन्छ भने तपाईंले आफूले प्रयोग गर्दै आएको स्याम्पु प्रयोग गर्न सक्नुहुन्छ। एक पटक यो विधिको प्रयोगले तपाईँको कपालको चायाँ हटेर जानेछ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger