अहिले प्रियंकाको ट्वीटरमा भाइरल बनिरहेको भिडियो र तस्वीरमा प्रियंकाले आफ्नो को स्टार्स लियाम हेम्सवर्थ, रीवेल विल्सन र एडमको साथमा न्युयोर्कको ग्राण्ड सेन्ट्रल स्टेशन नजिक डान्स गरिरहेकी छन् ।
दोस्रो हलिउड फिल्म
‘इजन्ट इट रोमान्टिक’ प्रियंकाको दोस्रो हलिउड फिल्म हो । यो भन्दा पहिल्यै प्रियंकाले ‘बेवाच’ फिल्ममा आफ्नो भिलेनको बलियो भुमिकामा काम गरिसकेकी छन् । यसको साथमा प्रियंकाले हलिउडको ‘क्वान्टिको’ टिभि सिरिजमा अहम भुमिकामा काम गरिसकेकी छन् ।
फिल्मको बारेमा
‘इजन्ट इट रोमान्टिक’लाई टाँड स्ट्रास सुल्शनले निर्देशन गरिरहेका छन् । यो अमेरिकन रामान्टिक कमेडी फिल्म हो । यो फिल्ममा प्रियंका चोपडा, रिवेल विल्सन, एडम डेवाइन लगाएत कलाकारहरुको मुख्य भुमिका रहनेछ । यो फिलम २०१९ फेब्रुअरी १४ तारिखबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।
कथित ब्वईफ्रेण्ड निकलाई लिएर चर्चामा
अचेल अभिनेत्री प्रियंका चोपडा र उनका कथित ब्वईफ्रेण्ड निक जोन्सको चर्चा निकै हुने गरेकोे छ । त्ययोत, यो जोडिको चर्चा सोसल मिडियाहरुमा भाइरल बन्दै आएको छ । प्रियंकाले आफ्नो आमा मधु चोपडासँग निकलाई भेटाएकी थिइन् । उनीहरु एक साथ मुम्बई आएका थिए, भने गोवा समेत छुट्टि मनाउन पुगेका थिए ।
को हुन् निक ?
निक जोन्स अमेरिकन गायक तथा राइटर हुन् । उनी २५ वर्षका भएका छन् । तर उमेरको हिसाबले उनी प्रियंका भन्दा १० वर्ष कान्छो छन् । प्रियंका र निकको भेट गत वर्ष मेट गालाको दौरानमा भएको थियो ।
सलमानको साथमा प्रियंका देखिदै
समाचारमा आए अनुसार सलमानको आगामी फिल्म ‘भारत’मा प्रियंका चोपडा देखिदै छन् । यसको साथमा प्रियंकाले अर्को ठूलो फिल्ममा काम गर्दैछन्, जसको टाइटल ‘द स्काई इज पिंक’ राखिएको छ । सरद
Post a Comment