Latest Updates :

सुन्दर बन्न मन छ ? राति सुत्नुअघि अवश्य गर्नुहोस् यी ६ काम

SHARE THIS POST :
एजेन्सी । सुन्दर देखिनु सबै व्यक्तिको पहिलो चाहना हुन्छ। मानिसले आफूलाई सुन्दर बनाउनका लागि कयौँ उपाय अप्नाएक हुन्छन्। तर तपाईलाई थाहा छ, तपाईको सुन्दर देखिने चाहना सामान्य तरिकाले पनि पुरा हुने गर्दछ। हामी आज तपाईलाई सुन्दर देखिन राति सुत्नुअघि गर्नु पर्ने केही कामका बारेमा जानकारी गराउदैछौँ।

१) राति सुत्नुअघि नुहाउनुहोस्। यसो गर्दा शरीरमा भएको दिभरको फोहोर हटेर जान्छ र तपाईको छाला सफा हुन्छ। नुहाउनुअघि पानीमा आधा घण्टा पहिले गुलाबका केही पत्ता राख्नुहोस्। यो पानीले नुहाउँदा तपाई आफैले आफैलाई सुन्दर भएको महशुस गर्नु हुनेछ।

२) सुत्नुअघि बेसार राखेको दुध पिउनुहोस्। यसले तपाईको शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्छ र रगत सफा हुन सहयोग पुर्याउछ। बेसार राखेको दुध पिउदा तपाईको त्वचामा पनि चमक आउनेछ।

३) पुरै दिन हाम्रो दिमाग सँगसँगै आँखाले पनि निकै काम गरिरहेको हुछ। त्यसैले आँखाको ख्याल राख्न जरुरी छ। सुत्नुअघि आँखाको चारैतर्फ क्रिमले मसाज र्गुहोस्।

४) राति सुत्नुअघि ब्रस गर्नु पनि आवश्यक छ। राति खाना खाइसकेपछि हामी ब्रस नगरेर सुत्दा तपाईको दाँतमा किटानुले आक्रमण गर्न सुरु गर्दछ। त्यसैले तपाईको सुन्दर दाँत बिग्रिन सक्दछ । त्यसैले सुत्नुअघि ब्रस गर्नु राम्रो हुने गर्दछ।

५) सुत्नुअघि कपाल कोरेर बाध्नुहोस्। यसो हुँदा तपाईको कपाल जेलिदैन र कम झर्दछ।

६) राति सुत्नुअघि पुरै शरीरमा मोश्चराइजर क्रिम लगाउनुहोस्। यसले तपाईको त्वचालाई कोमल र आकर्षक बनाउन सहयोग गर्दछ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger