Latest Updates :

परमाणु परीक्षणस्थलपछि 'रकेट परीक्षणस्थल' पनि नष्ट गर्दै उत्तर कोरिया

SHARE THIS POST :
बीबीसी ।  उत्तर कोरियाले देशको उत्तर-पश्चिममा रहेको एउटा महत्त्वपूर्ण रकेट परीक्षणस्थलको हिस्सा नष्ट पार्ने काम थालेको देखिएको छ।

अमेरिकास्थित निरीक्षण समूह '३८ उत्तर'ले हेरेको सुरहे केन्द्रको भूउपग्रह तस्वीरहरूका अनुसार प्योङयाङले अमेरिकासँग गत जुन महिनामा गरेको वाचा पूरा गरिरहेको जस्तो देखिन्छ।

उत्तर कोरियाली नेता किम जोन उनले एउटा रकेट-इञ्जिन परीक्षण केन्द्र नष्ट पार्ने वाचा गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। तर कुन केन्द्र नष्ट गरिने भन्ने कुरा ट्रम्पले किटान गरेर भनेनन्। प्योङयाङले सुरहे एउटा भूउग्रह प्रक्षेपण केन्द्र भएको बताउने गरेको छ।

तर अमेरिकी अधिकारीहरूले उत्तर कोरियाले त्यहाँबाट बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने गरेको आशङ्का गर्दै आएका छन्। गत महिना सिंगापुरमा भएको एउटा ऐतिहासिक शिखर बैठकमा राष्ट्रपति ट्रम्प र किमले 'कोरियाली प्रायःद्वीपलाई पूर्ण रुपमा निरस्त्रीकरण पार्ने' दिशामा काम गर्ने एउटा सहमतिमा हस्ताक्षर गरेका थिए।

तर प्योङयाङले कहिले र कसरी आफ्ना पारमाणविक अस्त्रहरू त्याग्ने भन्नेबारे विस्तृत रुपमा उल्लेख नगरिएको भन्दै सो सहमतिको आलोचना भएको थियो।

यसअघि सोमवार राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्धमा भइरहेको प्रगतिलाई लिएर आफू निकै खुशी भएको बताएका थिए। प्योङयाङले गत नौ महिनामा कुनै क्षेप्यास्त्र प्रक्षेपण अथवा पारमाणविक परीक्षण पनि नगरेको उनको भनाइ थियो। उत्तर कोरियाले जम्मा ६ वटा पारमाणविक परीक्षण गरेको छ।

त्यसमध्ये सबैभन्दा पछिल्लो पटक गत वर्षको सेप्टेम्बरमा परीक्षण गरिएको बताइन्छ। यसअघि गत मेमा प्योङयाङले आफ्नो एकमात्र पारमाणविक परीक्षणस्थलमा रहेका सुरुङहरू विस्फोट गरी नष्ट पारेका विवरण सार्वजनिक भएका थिए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger