Latest Updates :

गलत खबरकै कारण यी कलाकारले खाए खानु सम्मको गाली

SHARE THIS POST :
साच्चै नै हो मानिसहरुमा पोजिटिभ भन्द नेगेटिभ कुराहरुमा नै बिक्ने गर्छ चाहे त्यो खबर होस या त फेरी गीतसंगित नै किन नहोस । यस्तै चीजहरुको बाहुल्यता बढिरहेको समय सेलिब्रेटीहरु यस्ता नेगेटिभ र गलत खबरहरुको शिकार हुने गरेका छन् । नेपाली सेलिब्रेटीहरु पनि यस्ता गलत खबरबाट निकै पिडित बने जसको कारण उनीहरु आफनै प्रशंसकहरुको घृणा सहन बाध्य भए । आउँनुस कुरा गरौ नेपाली ती सेलिब्रेटीहरुको बारेमा जो गलत खबरको शिकार बने ।
प्रियंका कार्की : नेपाली सिनेमा क्षेत्रकी सर्वाधिक व्यस्त अनि चर्चित नायिका प्रियंका सम्भवत सबैभन्दा धेरै गलत खबरबाट पिडित बनेकी नायिका हुन । उनले भर्खर भर्खर मात्र सिनेनगरीमा पाईला राख्दै गर्दा एक समाचार आयो जसमा भनिएको थियो की प्रियंकालाई डाईनिङ टेबलमा गर्ने सेक्स मन पर्छ ।
जब उनको उक्त खबरपछि प्रियंका यति आलोचित बनिन की उनले उक्त समाचार लेख्ने बिरुद्ध उजुरी नै हालिन् । उनले कयौ पटक आफुले उक्त कुरा नभनेको र समाचार बिकाउँन आफुलाई प्रयोग गरेको बताउँदै आईन । तथापी उनको यही बिषयलाई लिएर बेला बेलामा आलोचना हुने गर्छ ।
अनमोल केसी : नेपाली सिनेमा क्षेत्रका युवास्टार अनमोल केसी यतिबेलाका एकमात्र यस्ता नायक हुन जो सर्वाधिक चर्चित र महंगा नायक पनि हुन् । व्याक टु व्याक हिट फिल्म दिएका अनमोललाई पछार्न खोज्नेहरुको कमी छैन । सम्भवत यही कारणले पनि हुन सक्छ अनमोलको खुट्टा तान्नेहरुको एक जमात छ भन्दा फरक नपर्ला ।
मिडियामा अनमोललाई बदनाम गराउँने हिसाबले नै उनले गाउँले भिकारी हुन खाते हुन भनेको भन्ने खबर आए । उक्त खबर भाईरल भएपछि अनमोलमाथि पनि बर्सिनु गाली बर्सिए तर धैर्यता नगुमाई अनमोलले उक्त समाचारको खण्डन गरे । सामाजिक सञ्जालमाफर्त उनले आफुले त्यस्तो बयान नदिएको भन्दै मन दुख दुखाए भने समाचार बिकाउँने उदेश्यले आफनो चरित्र हत्या नगरिदिन अनुरोध गरेका थिए ।
साम्राज्ञी राज्य लक्ष्मी शाह : छोटो समयमा नै नसोचेको लोकप्रियता र सफलता पाएकी साम्राज्ञी पनि यतिबेलाकी चर्चित अनि व्यस्त नायिका हुन् । जो एकाएक चर्चामा पुग्छ कतै न कतैबाट उसलाइए पर्छार्ने प्रयास हुन्छ नै यस्तै भयो साम्राज्ञीलाई पनि । उनले ‘जय भोले’ फिल्म गाउँले युवतीको भुमिका भएकोले नै काम नगरेको भन्ने चर्चा भयो । लगत्तै उनले गाउँले मन पर्देन भनेको भन्ने खबर भाईरल भयो ।
उक्त गलत खबरले उनको यति आलोचना भयो की उनलाई मानसिक तनाव नै भएको बताएकी थिईन । गाली बर्षिन थालेपछि गाउँले मन पर्देन , गाउँले भुमिका गर्दिन भनेको छैन भन्दै साम्राज्ञीले पनि स्पष्टीकरण दिईन । आफु बिरगञ्जको गाउँमै हुर्केको बताउँदै उनले आफुलाई हरेक भुमिका उत्तिकै प्यारो भएको भन्दै समय अभावको कारण केही फिल्महरु छोडनु परेको उनले बताएकी थिईन। उनलाई आज पनि यही गलत खबरको कारण गाली गर्नेहरुको कमी छैन ।
नीसा अधिकारी : कुनै न कुनै रुपमा बिवादमा आउँने गरेकी नीसा अधिकारीले जब क्रिकेटर शरद भेषवाकरसंग बिवाह गरिन् । बिवाह गरेको एक दिन पनि नबित्दै उनलाई टार्गेट गर्दे समाचारहरु आए । जनआस्था नामक बिवादित मिडियाले प्रकासित गरेको समाचारमा नीसाले अर्केसंग बिवाह गरेपछि पुर्व प्रेमीले गाडी फिर्ता मागेको भन्ने खबर आयो ।
त्यही खबरलाई कपि गर्दे अन्य केही मिडियाहरुले पनि उक्त समाचार प्रकासित गरे । भर्खरै मात्र नयाँ जीवन सुरु गरेकी नीसालाई उक्त खबरले निकै तनाव दियो । उनले र शरद दुबैले समाचारको खण्डन गर्दे कुनै सत्यता नभएको समाचार प्रकासित गरेको भन्दै समाचार हटाउँन र माफी माग्न उजुरी नै दिएका थिए ।यी बाहृक धेरै कलाकारहरु गलत खबरबाट शिकार भए तर यीमाथिका सर्वाधिक चर्चामा आएका खबर हुन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger