एजेन्सी -भारत राजस्थानको राजधानी जयपुरमा एक महिलाले ससुरासँग अवैध सम्बन्ध बनाइ आफ्नै श्रीमानको हत्या गरेकी छिन् । भारतिय संचार माध्यमका अनुसार श्रीमती पूजा सैनीले रियलस्टेटको व्यवसाय गर्ने मुकेश सैनीको हत्या गरेको बताइएको छ । यसअघि प्रहरीले मुकेशका काका राकेश सैनी र उनका नाबालिग छोरालाई पनि पक्राउ गरेको थियो । राकेशले प्रहरीलाई बताएअनुसार पूजाले नै मुकेशलाई मार्ने योजना बनाएकी थिइन् ।
राकेशले उनको साथ मात्र दिएका थिए ।३ वर्ष पहिले बिहे भएकी पुजा काका ससुराप्रति आकर्षित हुन थालेपछि उनले श्रीमानलाई मारिदिएकी हुन् । एक छोरीलाई जन्म दिएकी पुजाले एक महिनाभित्रै काका ससुरा र बुहारीबीच अनैतिक सम्बन्ध बनाएपछि घर छाडेर भाग्ने योजना बनाएकी थिइन् ।
छोरीको बहाना बनाएर मुकेशसँग टाढा बस्न थालेकी पुजाले ससुरा राकेशलाई सहजै भेट्न श्रीमानले कडाइ गरेपछि हत्याको योजना बनाइ सुनसान ठाउँमा बोलाएर बियरको फुटेको बोतलले हत्या गरेकी हुन् ।घटनाको भोलिपल्टै ससुरालाई गिरफ्तार गरियो । त्यसपछि डरले मुसा मार्ने षि खाएकी पुजाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
Post a Comment