Latest Updates :

जुम्लामा चुकेनी जलविद्युत् निर्माण हुने

SHARE THIS POST :


सुर्खेत । जुम्लाको पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

यसअघि ५०० किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब भने एक मेगावाट निकाल्ने तयारी गरिएको छ। यसका लागि भदौ महिनाको पहिलो सातासम्म टेण्डर हुने आयोजना निर्माण समितिका अध्यक्ष गोरबहादुर बुढाले जानकारी दिए।

आयोजना निर्माणार्थ नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट रु २५ करोड ९९ लाख तीन हजार ५४९ बजेट छुट्याइसकेको उनले बताए।

एशियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरमार्फत यो आयोजना निर्माण हुन थालेको परियोजना इन्जिनियर ब्रिटिश सिंहले जानकारी दिए। इञ्जिनियर सिंहले विद्युत् गृहका लागि रु २६ करोड र ट्रान्समिसन लाइनका लागि रु १० करोड लागत बजेट रहेको बताए। केही प्रतिशत समुदायको योगदान रहने बताउँदै उनले अपुग रकम एडिपीको सहयोगमा बैकमार्फत ऋण लिइने जनाए।

विसं २०६९ देखि पहल थालिएको उक्त आयोजना निर्माणका लागि प्रदेश सरकारले योगदान दिने आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए। “यो आयोजना निर्माण भएसँगै सिंगो जुम्ला उज्यालो हुनेछ। त्यसका साथै जवा खोलाबाट ३०० मेगावाट विद्युत् निकाल्न पहल आरम्भ गरेका छौँ,” आन्तरिक मामिलामन्त्री भण्डारीले भने।

विद्युत् निर्माण भएमा पातारासी गाउँपालिकाका तीन हजार ३२० घरधुरीका करीब १६ हजार जनताले प्रत्यक्ष लाभ लिने जनाइएको छ। उक्त लाइन सदरमुकाम जुम्ला खलंगासम्म ल्याउने तयारी भइरहेको आयोजना निर्माण समितिका अध्यक्ष बुढाले बताए।





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger