विशेष सूचनाको आधारमा नागढुंगामा चेकजाँचका क्रममा पक्राउ परेका लामालाई सोमबार महानगरीय प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो।
उनको साथबाट बा ९५ प ८१६४ नम्बरको पल्सर मोटरसाईकल पनि बरामद गरिएको छ। केरुङ नाकाहुँदै भित्रयाइएको सो सुन तस्करीको घटनाबारे थप अनुसन्धान भईरहेको प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
उनले ६ किलो सुनसहित लामालाई आवश्यक कार्वाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको बताए। गत शनिबार पनि काठमाडौंको नागढुंगामा ३ किलो अबैध सुन बरामद गरिएको थियो।
नेपालमा दिनप्रति दिन सुन काण्डका घट्ना बारिरहेका छन्। यसअघि पनि ३३ किलो सुन काण्डले निकै चर्चा पायो। यस काण्डका मूख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे पक्राउ परेसँगै अहिले अनुसन्धान भइरहेको छ।
Post a Comment