Latest Updates :

प्रस्तावित मदन भण्डारी राजमार्गको डीपीआर कार्य स्थगित

SHARE THIS POST :
सन्तोष गौतम
मधुमल्ला । नेपाल सरकाको यस आर्थिक बर्षमा मुख्य योजनाको रुपमा आएको पुर्व पस्चिम मदन भण्डारी राजमार्गको डि.पि.आर कार्य मोरङको मिक्लाजुङ गाँपालिकामा आएर स्थगित भएको छ ।

शुक्रबार मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुुल प्रसाद लिम्बु, नेकपा मिक्लाजुङका संयोजक नेरेन्द्र प्रसाद ढुङ्गेल र मिक्लाजुङ गाउँपालिका की उपाध्यक्ष सरला राई वडाध्यक्षहरु नगेनद्र काकी, बुद्धीमान लिम्बु, खगेन्द्र मादेन, रुद्र लिङ्देन गौरी प्रसाद राई र स्थानीयको टोलीले सो डिपिआर कार्यलाई स्थनगन गराएका हुन । जनातालाई प्रत्यक्ष फाइदा फु¥यानेगरी महेन्द्र राज मार्ग भन्दा उत्तरका गाउँ तथा सहर हरुलाई जोडदै लानु पर्ने सडक चार कोसे झाडी हुँदै महेनद्र राजमार्गको आसपास बाट लानुकोे कुनै औचित्य नभएकोले आफुहरुले सो डिपीआर कार्य रोकोको प्रदेश सभा सदस्य कुल प्रसाद लिम्बुले बताउनु भयो ।

साथै उक्त राजमार्गले लेटाङ नपाको मदन चोक बाट मिक्लजुङका वडाहरु ५, ४, ३, २ , ७ र ८ नं. वडाहरुलाई समेटदै इलामको चुलाचुली गाउँपालिकाको शिखर कटेरी हुदै राजमार्ग निर्माण गर्दा मदेश र चुरेको मर्म पनी समेटीने र बाटो समेत सिधा हुनुका साथै गाउँ बस्ति र सहरलाई समेटने र प्रत्यक्ष लाभ हुने लिम्बुले बताउनु भयो ।

उत्त राजमार्गको डिपीआर निर्माणको जिम्मा लिएको सिभिल इन्जिनीयरीङ रिसर्च एण्ड कन्सल्टेन्सी काठमाण्डौका प्रतिनिधी मिक्लाजुङ गाउँपालिका अध्यक्ष, देवी प्रसाद आचार्य उपाध्यक्ष सरला राई सहित मिक्लाजुङका ५ ओटा वडाध्यक्षहरुको टोलीले सिधा र सबैलाई पायक पर्ने गरी राजमार्ग निर्माण गर्नुपर्ने स्थानको स्थलगत अवलोकन समेत गरेको र सो स्थान बाट डिपिआर निमार्ण कार्य अगाडी बढाउन भनिएको मिक्लाजुङ गाउँपालिकाका प्रबक्ता नगेन्द्र काकीले बताउनुभयो ।

यस अघीको डी.पि.आर काय लेटाङको जाते सम्म ठिक भए पनी मिक्लाजुङ गाउँपालिकामा आएपछी मिक्लाजुङको धनखेती हुँदै मिक्लाजुङ गाउँपालिका र उर्लाबारीको सिमाना नजिक बटा डिपीआर भएको भन्दै स्थानीयले तिब्र अषन्तुष्ठी पोख्दै आएका थिए । यस संगै हाललाई डिपिआर गर्ने कार्य स्थगन भएको छ । कन्सल्टेन्सीले उक्त कुरा लार्ई माथिल्लो निकायमा पठाउने केन्सलटेन्सीका प्रतिनिधी एकराज कंडेलले जानकारी दिनु भयो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger