Latest Updates :

ट्रकले जन्ती बोकेको बस लाई ठक्कर दिदा दुर्घटना १७ को मृत्यु

SHARE THIS POST :
इस्लामाबाद / पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ । एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो । सो दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका हुन् ।

सिन्धको एक स्थानीय सञ्चारमाध्यम उर्दुले दिएको जानकारीअनुसार यस घटनाको अनुसन्धान भइरहेका छ । यस दुर्घटनाको वरिष्ठ प्रहरी निरीक्षक जाहिद साहले पुष्टि गर्नु भएको छ । प्रहरी अधिकारीहरुले दुर्घटनाको कारण धेरै यात्रु हुनसक्ने अनुमान गरेका छन् । उक्त दुर्घटनामा महिला र बालबालिका पनि रहेका जनाइएको छ । बस पल्टिएर तल खसेपछि उद्वारको लागि पनि कठिन भएको बताइएको छ ।

पाकिस्तानमा सन् २०११ देखि गरिएको एक सर्वेक्षणमा प्रत्येक वर्ष हुने सडक दुर्घटनामा चार हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ ।
पाकिस्तानको तथ्याङ्क विभागले हालै सो तथ्याङ्क प्रकाशनमा ल्याएको हो । यहाँ हरेक वर्ष करिब ९ हजार सडक दुर्घटना हुने गरेको पनि सो विभागले थप जानकारी दिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger