Latest Updates :

१२ वर्षकै उमेरमा एक रातमा २० पटकसम्म बलात्कृत, रुविना वादीको दर्दनाक कथा

SHARE THIS POST :
काठमाडौं । नेपालमा महिला हिँसाका घटना अत्यधिक हुने गर्छन्, केही बाहिर आउने गर्छन् भने केही दबिएका हुन्छन्। सुदुरपश्चिमकी रविना वादीको यस्तै कथा अहिले संचार माध्यममा छाइरहेको छ। रविना अहिले मानव सेवा आश्रममा बसिरहेकी छिन्।

रविना वादी १२ वर्षको उमेरमा नै बलात्कृत भइन् र समाजको निर्णय अनुसार, बलात्कार गरेको व्यक्तिसंग नै उनको विवाह भयो। १२ वर्षकी उनलाई श्रीमानले विवाह पछि पनि लगातार बलात्कार गरे। एक रातमा बीस पटकसम्म बलात्कार गरेको उनी बताउँछिन्।

उनका श्रीमानले महिनावारी र सुत्केरी भएको समयमा समेत उनी माथी शारीरिक हिँसा गरे। उनले १३ वर्षको उमेरमा छोरा जन्माएकी थिइन्। छोरा जन्मेको केही महिना पछि उनका श्रीमान विदेश गए र उनको वास्ता गर्न छोडिदिए। त्यसपछि रविनाले जागिर गर्न थालिन्। यसैक्रममा एक व्यक्तिले उनको निरन्तर पिछा गरे र पछि उनीहरुको विवाह भयो।

तर, विवाह पछि ती व्यक्तिले कहिले उनलाई भारत लगेर बेच्ने प्रयास गरे, कहिले आफूबाट जन्मिएको छोरालाई समेत बेच्ने प्रयास गरे। जेनतेन आफू र बच्चालाई बचाएर श्रीमानलाई विश्वास गरि नेपाल आएकी उनलाई श्रीमानले पशुपतिमा लगेर छोडिदिए।





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger