Latest Updates :

सारा लाई रुहाउने समाचार : उहाहरु को आत्माले शान्ति पाओसअबिरल वर्षाका कारण

SHARE THIS POST :
अबिरल वर्षाका कारण कच्ची घर भत्किँदा कैलालीको गोदावरी नगरपालिकामा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार आइतबार राति १ बजे कच्ची घर भत्किँदा गोदावरी नगरपालिका–९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको हो ।रानाको घरमै सुतिरहेको अवस्थामा घर भत्किएर च्पापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। घरले च्यापेर ६५ वर्षीय कडेवा राना घाइते भएका छन् । घाइते र मृतक श्रीमान–श्रीमती हुन् ।

रोल्पामा घर भत्कँदा सुत्केरी र शिशुसहित तीनजनाको मृत्यु
रोल्पाको रुन्टीगढी गाउँपालिकामा अविरल वर्षाका कारण राजकुमार विकको घर भत्कँदा सोमबार तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुन्टीगढी गाउँपालिका–५, सैवाङका २२ वर्षीया कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र छिमेकी १५ वर्षीया चित्रा विक छन् ।आयुषा र चित्राको घटनास्थलमै मृत्यु भएको हो भने १८ दिनकी सुत्केरी कमलाको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ

आज देशका पुर्वी र मध्य भागमा भारी वर्षा हुने मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी र मध्य भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा हुने जनाएको छ । तर, भोलिदेखि भने मनसुन कमजोर बन्दै जाने महाशाखाको पूर्वानुमान छ ।आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, इमाल, ताप्लेजुङ, धनकुटा, ओखलढुंगा, दोलखा, सोलुखुम्बुलगायतका जिल्लाहरुबाट प्रवाह हुने खोलाहरुमा उल्लेख्य बहाव बढ्ने पनि महाशाखाको पूर्वानुमान रहेको छ

गए रातिदेखि परेको अविरल वर्षाले घरभित्र पानी पसेर एक्कासि घर भत्किँदा तीन छोरी मृतावस्थामा भेटिएको र तिनकी आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले राससलाई बताउनुभयो । मृतकको अझैसम्म नाम खुलेको छैन । उहाँका अनुसार सो गाउँपालिककाअन्तर्गत विभिन्न गाउँमा बाढी पसेकाले हालसम्मको विवरण आउन सकेको छैन ।बिहानैदेखि प्रहरी परिचालन गरिए पनि सबै स्थानमा उद्धार गर्न नसकिएको तामाङले बताउनुभयो । बाढीपीडितलाई सकुशल उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि मौसम प्रतिकूलताका कारण ढिलाइ भएको प्रहरीले जनाएको छ ।पीडितलाई हेलिकप्टरमार्फत उद्धारलगातारको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । गए राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् ।

यस्तै कोहलपुर नगरपालिकाका पनि केही गाउँ डुबानमा परेका छन् । अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ । घरभित्र पानी पसेपछि मानिसहरु घरको छत तथा अग्लो स्थानमा बसेर हारगुहार गरिरहेका छन् ।स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा गए रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको निमित्त प्रजिअ कृष्ण खड्काले बताउनुभयो । उहाँका अनुसार जिल्लाका बाढी प्रभावितलाई उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सुर्खेतमा रहेको हेलिकप्टर अहिले नेपालगञ्ज ल्याएर बाँकेको बैजापुरका नागरिकलाई उद्धार गर्न लागिएको छ । बाढीले बैजापुर, फत्तेपुर र होलियामा सबैभन्दा बढी प्रभावित बनाएको छ । त्यहाँका नागरिकलाई सुरक्षित स्थानतर्फ लग्ने प्रयास भइरहेको छ ।यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुश्मामा मुख्य राजमार्गमा तीन रुख ढलेका छन् । अहिले ती रुख हटाउने काम भइरहेको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताउनुभयो । राप्ती नदीको तह बढेर अहिले ८.५८ मि पुगेर उच्च जोखिममा छ । राप्ती नदीको सतह पाँच मि सामान्य मानिन्छ । रासस।।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger