Latest Updates :

'भैरे'को कथा मन परेकोले छोड्न सकिन: दयाहाङ राई

SHARE THIS POST :
काठमाडौँ। जुनसुकै भूमिकामा फिट हुने कलाकार हुन् दयाहाङ राई। 'लुटु मा 'गोफ्ले' को भूमिका निर्वाह गरेपछि रातारात चम्किएका उनी अहिलेका सबैभन्दा व्यस्त कलाकारको लिस्टमा दरिन्छन्। महंगा अभिनेताको सूचीमा पनि उनी अग्रणी देखिन्छन्।
गएको वर्ष महिनैपिच्छे नयाँ फिल्म लिएर हल छिरेका उनी यस वर्षका लागि दर्शकलाई फिल्म ‘भैरे’ पहिलो कोशेसी स्वरुप दिँदैछन्, जुन साउन ४ गतेबाट प्रदर्शनमा आउँदैछ। यसमा उनी लिड रोलमा छन्।
एभरेष्ट सूर्य बोहरा निर्देशित यस फिल्ममा दयाहाङ टाइटल क्यारेक्टरमा छन्। 'लुट' ले 'गोफ्ले' नामबाट परिचित गराएझैँ ‘भैरे’ ले पनि आफूलाई नयाँ परिचय दिनेमा उनी विश्वस्त छन्। उनी भन्छन्, ‘भैरे’ को कथा मन पर्‍यो अनि छाड्न सकिन। यो मेरो टाइपको फिल्म बनेको छ।’
‘भैरे’ सोसल ड्रामा हो। पहिलादेखि जसरी फिल्महरु बनिरहेका थिए त्यसैको एक अवधारण हो। यो कुनै ठाउँ विशेषको कथा हो भन्ने छैन। नेपालभरीको एक प्रतिनिधि गाउँमा सुटिङ गरिएको छ, जुन मुस्ताङ र अपरमुस्ताङमा खिचिएको छ’, उनले भने।
उनी ‘भैरे’ लाई पूर्ण कमर्शियल फिल्म भन्न चाहन्छन्। दर्शकलाई सोच्न विवश नबनाएपनि यस फिल्मले मनोरञ्जनको खुराक दिन नचुक्ने उनको दाबी छ।

‘भैरे’ तपाईको करिअरको फरक फिल्म हो रु उनी भन्छन्, 'त्यो त भन्दिनँ तर मेकिङको हिसाबबाट भने फरक भन्न सक्छु। निर्देशक एभरेष्ट सूर्य बोहरा 'मेन स्ट्रिम स्कूलिङ' बाट आएका हुन्। उनले फिल्ममा त्यही स्कूलिङ फलो गरेका छन्।'
उनलाई फिल्मले राम्रो नतिजा ल्याउनेमा शंका छैन। यसमा दयाहाङको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ। 'सान्नानीलाई भेट्न आउँदा र 'सनम माया लाको' गीतले फिल्मको हाइप मेन्टेन गरिरहँदा ट्रेलरले पनि दर्शकमा फिल्मप्रति चासो जगाइरहेको छ।
यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन्। करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सह९निर्मातामा छन्।
नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन्। पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन्।
सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger