Latest Updates :

मन जितेका क्रोएसिया र खेल जितेका फ्रान्सले यसरी मनाए भव्य उत्सव

SHARE THIS POST :
रुसमा सम्पन्न विश्वकप फुटबलमा क्रोएसिया च्याम्पियन बन्न नसकेपनि दोस्रो स्थानको उपाधि भने हात पार्न सफल भयो । तर, च्याम्पियन बन्न नसकेपनि विश्वको मन भने क्रोएसियाका खेलाडी र त्यहाँकी राष्ट्रपति कोलीन्डा ग्राबर किटारोभीचले नै जिते। 

फाइनलमा पराजित भएपनि क्रोएसियाकी राष्ट्रपति कोलीन्डाका प्रत्येक गतिविधिको यतिबेला चौतर्फी चर्चा भएको छ। विश्वकप फुटबलको फाइनल खेलमा क्रोएसिया फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित भएपछि उनले आफ्ना प्रत्येक खेलाडीलाई अँगालो हालेर सान्त्वता दिएकी थिइन्।

खेल सकिने वित्तिकै परेको पानीमा भिज्दै पुरस्कार समारोहका लागि मैदानमा प्रवेश गरेकी राष्ट्रपति कोलीन्डाले खेलाडीको आँसु पुछ्दै सान्त्वना दिदा उनको चौतर्फी चर्चाभएको हो। उक्त क्षेणका कारण विश्वले उनलाई वाहवाही गरिरहेको छ। आयोजक राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन छाता ओढेर मैदानमा प्रवेश गर्दा क्रोएसियाकी राष्ट्रपतिले भने पानीको वास्तै नगरी मैदानमा छिरेर आफ्ना खेलाडीलाई सान्त्वता दिएकी थिइन्।

भिज्दै मैदानमा छिरेकी क्रोएसियाकी राष्ट्रपतिलाई भने छाताको व्यवस्था गरिएको थिएन। तर सँगै भएका रुसी राष्ट्रपति पुटिनलाई भने छाता ओढाइएको थियो।

सेमिफाइनल खेल बाहेक प्रत्येक खेल हेरेकी राष्ट्रपति कोलीन्डा आफ्नो टिमले जित्दा खुसीले उफ्रिएकी थिइन्। क्रोएसियालाई फाइनलसम्म पुर्याउनका लागि उनी भिआइपी क्षेत्र नाघेर खेलाडीको हौसला बढाउन स्टेडियममा बसेर खेल हेर्न समेत पछि परिनन्।

पुरस्कार वितरण समारोहका क्रममा कोलीन्डाले सबैभन्दा पहिला उदयीमान खेलाडी कीलीएन एम्बाप्पेलाई अंकमाल गरिन्। यसपछि पुरस्कार वितरण समाप्त नहुन्जेल प्रत्येक खेलाडीलाई अंकमाल गरेर आँसु पुछ्दै सान्त्वता दिइन्।

जसरी ५० वर्षीया कोलीन्डाले आफनो टोलीका प्रत्येक खेलाडी र कोचलाई मायाका साथ अंकमाल गरिन् त्यसरी नै फ्रान्सका खेलाडीलाई पनि अंकमाल गर्दै बधाई दिएर थप हौसला प्रदान गरिन्।

विश्वकप नजिते पनि कोलीन्डाले ट्रफी चुम्न भने भुलिनन्। उनले जानेबेला विश्वकप ट्रफी उचालेर चुम्बन गरिन्। फेरि माकरोनलाई अंकमाल गरिन र जितको बधाई दिइन। उनको यो व्यवहारले विश्वका सबै सामाजिक संजालमा पनि सुपरहिट भइन् भने छाता ओढेर भिजेकी राष्ट्रपतिलाई हेरिरहेका आयोजक राष्ट्रका राष्ट्रपति भने विवादमा तानिए।

राष्ट्रपतिको हौसला र खेलाडीको आत्मविश्वासका कारण पहिलो पटक फाइनलसम्म पुगेको क्रोएसियाले उपाधि नजिते पनि करोडौं फुटबल प्रेमीको मन भने जित्न सफल भयो ।
र जसरी विशवकप सकाएर विजेता र उपविजेता फ्रान्स र क्रोएसिया घर फर्के लाखाँै फ्यानले त्यहाँ तिनिहरुको भव्य स्वागत गरे । फ्रान्सले २० वर्षपछि विश्वकप फुटबलको उपाधि जितेपछि राजधानी पेरिसमा त्‍यहाँका नागरिकले भव्‍य उत्सव मनाएका छन्।

फ्रान्सका समर्थकहरुले हातमा फ्रान्सका राष्ट्रिय झण्डा बोकेर खुसियाली साटासाट गरेका छन् भने एक अर्कालाई अंगालो मारेर खेलाडिको तारिफ समेत गरेको अन्तराष्ट्रियस सञ्‍चार माध्‍यमले जनाएको छ।

त्यस्तै क्रोएसियामा पनि विजेता नै नबने पनि लाखौँको मन जितेकोमा भव्य रुपले उत्सव मनाए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger