बाबु गजवसिं राई र आमा सरिमायाँको कोखबाट विस १९८० साल माघ २ गते जन्मिएका पत्थरमान १९ वर्षको उमेरमा विस १९९९ सालमा भारतीय सेनामा भर्ती भएका थिए। दोस्रो बिश्वयुद्ध चलिरहेकै बेला राती साथीहरुसँग भागेर गल्लावाल पछ्याउँदै भर्ती भएका राईले दोस्रो बिश्वयुद्धमा जापानी सेनाविरुद्ध लडेका थिए। पल्टन नम्बर टेनजिआर १०९९९६ भएका उनी मणीपुर ओखरबोट रोड क्षेत्रबाट खटाइएका थिए। युद्धमा घाइते अवस्थाका जापानी सेनाले हानेको ग्रिनेटले लाग्दा पत्थरमानको शरीर छिया–छिया बनेको थियो। ग्रिनेट बिष्फोट हुँदा रुख नै उखेलिएर उछिट्टिएको थियो।
घाइते भएपछि युद्ध मैदानबाट उपचारमा लगिएका राईको अस्पतालमै ४ वर्ष ६ महिना बित्यो। अस्पतालमा लगिएका राईको ग्रिनेटले चुँडाएको चिउँडोमा टाउकाको छाला काटेर दारी बनाइए। १८ ठाउँमा शल्याक्रीया गरियो। शरीरकै छाला काटेर ओठका रुपमा टाँसियो। नक्कली दाँत हालिए। छियाछिया शरीर टालटुल गरिएको थियो।
१ सेप्टेम्बर १९३९ मा सुरु भएको दोस्रो बिश्वयुद्ध २ सेप्टेम्बर १९४५ अर्थान २००२ साल भदौसम्म जारी रह्यो। सो अवधिमा करिब १ करोड ४६ लाख सेना र करिब एक करोड सर्वसाधारण मारिएका थिए। जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध टुंगिएको केही वर्षसम्म पत्थरमानले अस्पतालको बेडमै बिताएका थिए। युद्ध टुंगिएको लामो समयसम्म घर नआउँदा ‘जिउँदो छैन’ भन्ने अनुमान गर्न थालिएको थियो। परिवारले मायाँ मार्न लागेको बेला पत्थरमान २००५ साल असोजमा सुरक्षा गार्डसहित घर आइपुगेका थिए। उनलाई भारतीय सेनामै कार्यरत पाथेकाका सन्तबहादुर राईले सुरक्षा गार्डका साथमा घरसम्म ल्याएर छाडेका थिए।
घर आएको दुई महिना नबित्दै उनले मंसिरमा बिवाह गरेका उनका ६ बहिनी छोरी र १ भाई छोरा छन्। नागरिक न्युजमा खबर छ ।
Post a Comment