नेपाली लोक गीत संगीतमा निकै रुचि राख्ने गायिका पुजा गुरुङको लोकदोहोरी गीत भखरै बजारमा आएको छ । लोक गीत संगीतको प्यास मेटाउनको लागी विदेशी मरुभूमिबाट जन्म थलो आएको अवस्थामा गीतलाई बजारमा ल्याएकी हुन ।
सिन्धुपाल्चोकको दुबाचौर मेलम्ची नगरपालिका मा जन्मेकी उनी सानै देवी लोक गीत संगीत प्रति उनको अधिक रुचि रहेको थियो । वियोगान्त भावनाका गीतहरूको माग बजारमा भैरहेको अवस्थामा गायक कुलेन्द्र विश्वकर्मा र गायिका पुजा गुरुङको मायाको कानुन गीत बजारमा सर्वाधिक चर्चाको शिखरमा रहेको छ । तेजेन्द्र विवश रावतको शब्द तथा संगीत गीतमा रहेको छ ।
मायालु जोडीको बिछोडको तितो वास्तविकतालाई गीतमा पोखिएको छ । भिडियोलाई किरण चौशिरको छायाँङ्कन , अमर शाक्यको सम्पादन रहेको छ । गीतको भाव अनुसार जिवन्त अभिनय धुव्र हिमाली र सपना खड्काको रहेको छ । भिडियोमा कुशल रुपमा निर्देशन गर्ने काम एकेन्द्र सारा शंकरले गरेका छन ।
हेर्नुहोस् भिडियो :
Post a Comment