Latest Updates :

अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकले बम बिस्फोट गराए

SHARE THIS POST :
बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकले आज अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ ।



चिनीया प्रहरीका अनुसार, सामान्य क्षमताको उक्त बिस्फोटबाट अरु कसैलाई पनि क्षति पुगेको छैन । अमेरिकी भिसाका लागि आवेदन दिने व्यक्तिहरु अन्तर्वार्ताका लागि लाम लाग्ने स्थानमा यो बिस्फोट गराइएको छ ।

बिस्फोटमा संलग्न व्यक्ति चीनको मंगोलिया क्षेत्रका निवासी हुन् । प्रहरीका अनुसार जियाङ नामका ती व्यक्तिलाई लागेको चोट त्यति गम्भीर किसिमको भने छैन ।

बिस्फोट लगत्तै सामाजिक सञ्जालमा राखिएको भिडियोमा राजदूतावासको पर्खाल बाहिर धुँवा देखिएको छ, र त्यहाँ चिनीया सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

बेइजिङ नजिकैको बाहिरी इलाकामा यो घटना भएको छ, र यस क्षेत्रमा संयुक्तराज्य अमेरिका, भारत र इजरायल समेत धेरै मुलुकका दूतावासहरु रहेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger