Latest Updates :

बिहानै मनतातो पानीमा मह र कागती मिलाएर खानुहोस्, मिल्नेछ ६ स्वास्थ्य समस्याबाट राहत

SHARE THIS POST :
बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरै फाईदा हुन्छ। जाडो होस या गर्मी मह र कागती सधै खाने गर्नाले हामी स्वस्थ्य रहन्छौ। कोहि अनुहारको छाला राम्रो बनाउन कागती ,पानी र मह पिउँछन्  भने कोहि तौल घटाउन कागती मह र पानी पिउँछन्। आँउनुस कागती पानीका फाईदा के के रहेछन् पढ्नुस..

१) खाली पेटमा कागती,मह पानी
आधा कागतीको रस र १ चिया चम्चा मह हल्का तातो पानीमा मिलाउनुस र त्यसलाई तत्कालै पिउँनुस।  यो पानी खाएको १ घण्टामा चिया या कफी पिँउनुस्। उक्त मिश्रण तपाई मुख नधोई अर्थात ब्रश नगरी पनि पिउँन सक्नु हुन्छ। नियमित कागती पानी पिँउने गर्दा तपाई स्वस्थ्य र निरोगी हुनुहुन्छ।

२) पाचन शक्तीको लागि पनि उपयोगी
कगती, मह  र तातो पानीले तपाईको पाचन शक्ती बलियो बनाउँदछ। कागतीको मद्दतले कलेजोमा केहि तरल पदार्थ बन्छ त्यसको कारण हामीले खाको खाना सजिल्यै पच्दछ।

यदि तपाईलाई एसिडिटिको समस्या छ भने कागती पानी र मह मिलाएर पिउँनुस । महमा एंटी- ब्याकटेरियल तत्व हुन्छ जसले ब्याक्टेरिया र जम्सलाई नष्ट गर्छ।

तातो पानीले हाम्रो घाँटीमा जमेको कफ पनि निकाल्दछ।  त्यसको साथसाथै यसले शरिरमा भएको टक्सिन पनि निकाल्दछ,जस्ले गर्दा पेट सफा हुन्छ।

३) कब्जीयतबाट छुट्कारा
कागती पानी र महको मिश्रण नियमित सेवन गर्दा कब्जीयत बाट पनि सजिल्यैसंग छुटकारा पाँउन सकिन्छ।  उक्त पानी पिँउदा पत्थरी हुने सम्भावना पनि कम हुन्छ। पत्थरी भनेको केल्शियम जम्मा भएर बनेको ढुङगा हो ,यो  कागती पानीको मिश्रणले उक्त कुरा जम्न दिँदैन र पत्थरी हुने सम्भावना कम हुन्छ।

४) इनर्जीको खानी
 एका बिहानै मन तातो पानीमा मह र कागती मिसाएर पिँउदा  दिनभरी जागरीलो र फुर्तिलो बनाउछ।  उक्त मिश्रणले दिमागमा ताजा ब्लड उपलब्ध गराउन मद्दत गर्दछ ।  त्यसैगरी कागतीको बास्नाले पनि तपाईको मुड फ्रेस बनाउँदछ।

५).तौल घट्न मद्दत गर्दछ
  कागती पानी र मह मोटोपना घटाउने अचुक र निकैनै फलदायी उपाय हो । कागतीमा  भिटामिन -सी हुन्छ यसले गर्दा हाम्रो शरिरमा मेटाबोलिजमको मात्रा बढ्छ र तौल घट्छ।

कागतीमा पेक्टिन नाम गरेको फाईबर हुन्छ त्यसले पेट टन्न भए जस्तो गराउँदछ।

६) अनुहारमा निखार आँउछ
कागती यतिकै पनि छालाको लागि राम्रो मानिन्छ। तर मह र तातो पानीमा मिसाएपछि यसले हाम्रो छालालाई प्यूरीफाई गर्ने काम गर्दछ। कागती  एंटी-ब्याकटेरियल भएकोले यसले  मुखमा भएको दाग हटाउँदछ र अनुहारमा चमक आँउदछ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger