गुजरातको कच्छमा मंगलवार भारतीय वायुसेनाको जगुआर एयरक्राफ्ट दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा एयर कमाडोर दर्जाका
अधिकृत सञ्जय चौहानले ज्यान गुमाएका छन् । यो एयरक्राफ्टले नियमित तालिमका लागि जामनगरबाट उडान भरेको थियो ।
दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ । समाचार एजेन्सीले भारतीय वायुसेनाको सूत्रलाई उधृत
गर्दै जनाए अनुसार जगुआर एयरक्राफ्टले बिहान साढे १० बजे जमानगरबाट उडान भरेको थियो । यो एयरक्राफ्ट आफ्नो नियमित
तालिममा थियो । यो दुर्घटनाका क्रममा जहाजका टुक्रा कयौँ किलोमिटर परसम्म पुगेका थिए ।
Post a Comment