Latest Updates :

आवाजबिहीनहरुको आवाज हुन् रवि लामिछाने, उनकोविरुद्ध कुर्लिने गद्दार हुन्– थापा

SHARE THIS POST :

सधै जनताको अाँखामा धुलो हाल्न सकिन्न र परिवर्तनको बकवास भाषण दिएर देश कहिल्यै कुनै पनि हालतमा परिवर्तन हुनै सक्दैन् परिवर्तनको लागि शसक्त अभ्यास र सुरुवात जरुरी छ। यस्तो अभ्यास र सुरुवात ईतिहासमा विरलै भेटिन्छन्। जो साच्चै परिवर्तन चाहन्छन् उनिहरु अाक्रमक शैलिमा प्रस्तुत हुन्छन् यो युनिभर्सल तथ्य पनि हो।रामयण,भजन,र गिता फलाकेको भरमा परिवर्तन कहि कतै कदापि हुनै सक्दैन्। परिवर्तनको निमित गद्दार नेता प्रशासक र न्यायाधिस यस्ता संम्बन्धित निकायको कर्तुतको पर्दाफास गर्नै पर्छ।

एक डेढ सय वर्ष अगाडीको नेपाल देशको राजनितिक दलदल कल्पना गर्ने हो भने त्यस वेलाको जनता पशु सरह नै मानिन्थ्यो भन्दा कुनै प्रमाण खोजिरहनु पर्दैन्।राणाकालिन समयको नेपाल देशको इतिहास साक्षी छ।जनताको विषयमा जसले अावाज वुलन्द पार्न खोजे,जनतालाई माथी उठाउनु पर्छ जनताले न्याय पाउनु पर्छ, जनताले न्याय पाउनु पर्छ।अाधारभुत अावश्यकताहरु सहजै पाउनु पर्छ । देशमा भएका श्रोत साधन स्वास्थ्य, शिक्षा,यातयात लगायत अतिरिक्त कुराहरु जनताले उपयोग गर्न पाउनु पर्छ।कुरा त्यति ठुलो थिएन् राणाहरुले जनतामाथी गरेको अपमान र गद्दारको विषयमा जसले अावाज उठाए अाज त्यहि ईतिहास बन्यो।र त्यो क्रम अझै जारी छ।

जो जनता जनता भन्दै जनताको विषयमा खरो रुपमा अावाजविहिनहरुको अावाज बुलन्द पारे, कहिल्यै हार खाएनन् र जनता बाहेक अन्य लोभ लालच राणाकालिन सुख सुविधामा सम्झोैता गरेनन् बरु मर्न तयार भए,अाज सम्म मरेर पनि अमर रहे्।देशका यस्ता दुर्लभ ब्यक्तित्वलाई साच्चै यतिवेला शहिदको नाममा अपमान गरिदै् छ।

हो म तिनै जनता जनता भनेर गर्जिने तिनै अमर शहिद धर्मभक्त माथेमा, दशरथचन्द, गंगालाल श्रेष्ठ, शुक्रराज जस्ता ‘जनता’ भनेर अाफ्नो ज्यान नै बलि चढाउने विरहरुको कुरा गर्दै थिए। राणाकालिन अन्याय,अत्याचारको विरुद्ध घोर निन्दा गर्ने जनताको पक्षमा सास रहुन्जेल सम्झोैता नगर्ने यस्ता विर सपुत त्यस पछि यो देशले कहिल्यै जन्माउन सकेन्। यो कहिल्यै नमेटिने ईतिहास भयो ।अाखिर जतिनै दमन,अत्याचार भएपनि अावाज उठ्यो, कसैले सुरुवात गरे र राणाशासनको अन्त्य भयो। हो कोहि न कोहिले जरुर अावाज उठाउनै पर्छ र त्यो अावाज लक्ष्य लाई साकार पार्नु पर्छ।

ईतिहासले सिकाएका पाठ पनि यिनै हुन् काला जातिको विभेदको विषयमा नेल्सन मण्डेलाले अावाज नउठाएका भए वर्तमानमा पनि अमेरिका जस्तो शक्तिशाली राष्टहरु विभेदकै पक्षमा उभिएका हुन सक्थे् तर जब ‘जनता’ को विषयमा जायज अावाज उठ्छ। ढिलो वा चाडो अवश्य ति अावाजहरु बुलन्द हुदै् ति ठेकेदारहरुको कानमा गएर बज्रिन्छ र तिनिहरुको निदहराम हुन्छ यो क्रमले नै निरन्तरता मात्र हैन क्रमभंङ्गता गरि अझै कडा रुपमा प्रस्तुत हुनु पर्छ ।।

प्रसङ्ग नेपालकै जोडोैँ एक राजनेता जो जनताको पक्षमा सधै उभिन्थे बोल्थे र चुनोैती दिन्थे ।शाहकालिन समयका दुर्दर्शि जनता भनेर कहिल्यै नथाक्ने जनताको विषयमा अावाज उठाउने राज दरवारलाई नै चुनोैती दिने जनतालाई माथी उठाउनु पर्छ भनेर ‘जनता’ भनेर कहिल्यै नथाक्ने मदन कुमार भण्डारी यति बेला पनि उनका ति ऐतिहासिक भाषण हेर्ने हो भने यो देशले खोजेको त्यस्तै नेतृत्व हो तर गद्दारी केहि कलंकहरुको जालझेल र षडयन्त्रकारीहरुले कुचो लगाए र यो दुर्दशा अझै कायम रह्यो। यो पनि एउटा अमर ईतिहासमा कायम रह्यो।।

यति वेला देश र जनता अाफ्नो मातृभुमिको माटोलाई अात्मासाथ गरि कयोैँ सुखसुविधा छाडेर अाफ्नो स्वाभिमान जोगाउनको निमित नेपाल भन्ने देशलाइ विश्वसामु परिचित बनाउनको निमित कुनै पनि प्रवाह नगरि कठिन परिस्थितिको सामना गर्दै वुद्ध वाज वर्न ईन नेपालको सन्दर्भलाई लिएर विदेशमा रहेका एक स्वाभिमानी नागरिक अाफ्नो देशको खातिर अाफैँलाई भुलेर देशको निमित मरिमेट्छन र ईतिहासकै पहिलो जो सञ्चार क्षेत्र,फरक विधामा विश्व किर्तिमान कायम गर्छन् उनै रवि लामिछाने त्यस पछि विभिन्न सङ्घर्ष गर्दै जनताको विषयमा खरो रुपमा प्रस्तुत भएका छन । तर केहि गद्धारहरुलाई यो कदम पटकै मन परेको छ‌ैन् अब यस्तै रवि लामिछाने धुर्मुस सुन्तली र केहि थान कुलमान नहुने हो भने यो देशको अस्तित्व के रहला?

यति वेला रवि लामिछानेको चर्चा शिखरमा पुगेको छ । जनताले अत्याधिक मन पराएको र न्यायलयको रुपमा अाभाष गरेको “सिधा कुरा जनतासँग एक चर्चित कार्यक्रम बन्द गराउन लागिपरेको विषय अाक्रोसको भुङग्रोमा परेको छ। जसले जनताको चासो गुनासो र प्रश्नसहितको लाईभ कार्यक्रम संञ्चालन गरि सु-शासन र समृद्धिको लागि सरकारलाई यति धेरै सहयोग सदभाव र दलालहरुको निद हराम गरेका छन। फटाहहरुको भागभाग हुने अवस्था श्रृजना गरे अाज ठग दलाल र गद्दारहरुको पुरै संमयन्त्र विभिन्न अारोप लगाएर देश बाट खेदाउन तल्लिन देखिन्छन् ।

हर क्षेत्रको विसंगतिको विरुद्ध अावाज उठाउने रवि लामिछानेको विरुद्ध डाह गर्ने कुपुत्रहरु साच्चै यो देशको रगत होईनन् भन्दा फरक पर्दैन र ति मान्छे कहिल्यै मान्छे बन्न सक्दैनन् ति मानवका नाममा कंलक हुन जसले अाफ्नो स्वार्थको लागि अाफ्नो सन्तान सजिलै बेचिदिन्छन् पैसाको लागि निच भन्दा निच काम गरि अाफ्नै दाजुभाइ चेलिवेटीहरुलाई विदेश पुर्याई केहि रकममा बेचिदिन्छन् कतिले बलत्कार गर्छन् तर रवि लामिछाने त्यस्ता दुसप्रयास गर्ने कपुत बादरहरुका विरुद्द कडा रुपमा प्रस्तुत हुन्छन। न्याय नपाएर अन्तिम सास रविकोमा पुगेर मर्न चाहनेहरु को लामबद्ध छ तर पनि उनले अाफ्नो जायजेथा समंयन्त्रले भ्याए सम्म न्याय दिलाउन लागि परेका छन।

यत्ता दुईपैसे अनलाईन मिडियाका अलपत्रकारहरु बर्षोै देखि सोमरस विर्यानी र कुखुराको सपेटामा अाफुलाई बेचेर अावाजविहिनलाई दवाउदै अाएका डाँकाहरु दलका पछि लागेर दलको गित गाउन कहिल्यै नथाक्ने गद्धारीहरु रविको विरुद्धमा खुच्चिङ भन्दै विजोड तालि पिटिरहेका छन् जसले अाफ्नो ज्यानको बाजी लगाएर जनताको पक्षमा अावाज बुलन्द पारिरहेका छन उनको विरुद्द लाग्ने जो कोही पनि यो देशको धमिरा हो भाईरस हो।

यदि उनको कहि केहि कमजोरी छ भने पनि एक होनहार युवालाई देशले अनेकोैँ प्रयास गरि देशमा राख्ने वातावरण बनाउनु पर्छ उनलाई देश बाट भगाएर सु-शासनको परिकल्पना गर्नु सपनाका स्विईर कल्पना मात्र हुने छ जनताको विषयमा मरिमेट्ने एक मात्र पत्रकार हुन रवि लामिछाने उनले गरेका कामको विरोध गर्ने अन्य पत्रकारहरु पत्रकार नभएर पाटीको झोलीझाम्टा बोक्ने नरपिशाचहरु हुन् जो अाफु कहिल्यै जनताको पिडा महशुस गर्दैनन् र निमुखा जनताको विषयमा एक शब्द खर्चिन सक्दैनन् जो सधै दुई पैसामा विक्छन् र फगत स्वाभिमानको कुरा गर्छन्।

अलिकति लाज घिन नहुने त्यस्ता पत्रकारहरु अझै भन्छन् रवि लामिछानेले के काम गरे?पाटीका अन्धभक्तहरु हो उनले गरेका काम अाजसम्म यो देशको राज्य संमयन्त्रले गर्न सकेको छैन् नेताको अगाडी दशअोैँला जोडेर पाउ पर्ने लाजपचेका पत्रकारहरु सहकार्य गर्नुको साटो विरोध गर्नु अाफ्नै खुट्टामा बन्चरो हान्नु हो।एउटा कुशल पत्रकारिता बाट देश परिवर्तन गर्न सकिन्छ भन्ने शाहस बोकेका रविलाई साथ दिनुको साटो भाग खोस्यो भनेर डाहले छटपटि भएर कुर्लने नरपिशाचहरु अवश्य जनताले चाहेको पत्रकारिता जुन रवि लामिछानेले गर्दै अाएका छन अन्य नेताको गित गाउने भक्तिभजन गाउने पत्रकारिता यो देशमा अावश्यक छैन।

अावाज विहिनहरुको अावाज बन्न नसक्ने मिडिया अनलाईन नेताको चाकडीबाज गर्ने पाऊ पर्ने तेल लगाउने सिवाय केहि हुन सक्द‌ैन् यति वेला हरेक क्षेत्रका विकास पुर्वाधार देखि प्रशासन सु-शासन सबै जनतामुखि हुनु पर्छ नेतामुखि त राणासाशनमा पनि थियो त्यहि अघि नि थियो त्यसपछि पनि त्यसैले जनताको अावाज बनिरहेको news 24 को सिधा कुरा कार्यक्रम लाई सम्पुर्ण शक्ति लगाएर निस्तेज पार्न खोज्नु गद्दारीक‍ अर्को पराकाष्ट हो जुन मान्य हुदैन् बरु यस्ता कार्यक्रम अब नेपालमा जरुरी छ फगत नेतालाई ल्याएर ताईन तुईको बकवास बहस गरि नेताको पाऊ मोल्नु भन्दा सवाल जवाफ सिधा कुरा गरेर जनता केन्द्रित कार्यक्रम गरे यस्ता कार्यक्रम बाट जनताले राहत पाउन सक्छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger