Latest Updates :

बन्दुक देखाएर १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, बलात्कारको भिडियो बनाए

SHARE THIS POST :
बन्दुक देखाएर १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, बलात्कारको भिडियो बनाए काठमाडौं । भारतको युपीमा एक १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । युपीको मुजफ्फरनगरकी ती किशोरी घर नजिककै ह्याण्डपम्पमा पानी लिन जाँदा तीन जनाको पुरुषको समूहले उनीमाथि बलात्कार गरेको भारतीय प्रहरीले जनाएको छ । पीडित किशोरीका बाबुले पीडकविरुद्ध उजुरी दिएका छन् । सर्कल अफिस राजीवकुमार सिंहकाअनुसार किशोरीलाई तीनजना पुरुषले घर लगेर बन्दुक देखाएर सामूहिक बलात्कार गरेका हुन् । साथै एक पुरुषले भने किशोरीको भिडियो समेत बनाएको बताइएको छ । आरोपीहरुलाई गिरफ्तार गरिएको र उनीहरुविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाउनुको साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger