वरिष्ठ कलाकार निर शाह, कलाकारहरु बसुन्धरा भुषाल, चैत्यदेवी, रविन्द्र खड्का तथा फिल्मकर्मी तथा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी ले थापाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
थापाका १ छोरा र २ छोरी रहेका छन् । उनका छोरा अमेरिकामा रहेकाले थापालाई जेठी छोरीले दागवत्ती दिएकी थिइन् । कलाकार थापा वि.सं. १९८३ साल असार १३ गते खोटाङमा जन्मिएका थिए ।
उनी सन् १९४२ मा ब्रीटिश आर्मीमा भर्ती भएका थिए भने सन् १९४५ को दोश्रो विश्वयुद्धसमेत लडेका थिए । उनी नेपाल आर्मीको मेजर सम्मको पदमा पुगेका थिए । उनले आफ्नो उमेर हकका कारण वि.सं २०३९ सालमा जागिरबाट अवकाश भएका थिए ।
थापाको निधनमा नेपाली सेनाले सलामी दिदै सम्मान प्रकट पनि गरेको थियो । थापाले अभिनय गरेको अन्तिम फिल्म ‘छक्का पन्जा २’ हो । थापाले ५० भन्दा बढी फिल्म्महरुमा काम गरेका थिए भने ५० भन्दा बढी विज्ञापनहरुमा काम गरेका छन् ।
Post a Comment