Latest Updates :

प्रमाणपत्र धितोमा ७ लाख ऋण पाउने निर्णय युवाहरुको जित र खुसीको दिन हो’ -नविना लामा

SHARE THIS POST :
काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने निर्णय युवाहरुको जित भएको नेकपाकी युवा नेतृ एवं सांसद बताएकी छिन् । आइतबार संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५/०७६ को बजेटमाथि धारणा राख्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने निर्णय युवाहरुको जित भएका बताएकी हुन् ।

उनले भनिन् ‘३० वर्षअगाडि म जस्तै युवा सडकमा भौतारिएर भनेको कुरा आज साँच्चै साकार भएको छ। अदृश्य शक्ति लगाएर पाएको प्रमाणपत्र हामीले कहिले दराजमा राखेर, कहिले प्लास्टिकको झोलामा बोकेर, कहिले मन्त्रालय धाउने। व्यापारी, कम्पनी एनजिओ सबैमा धाउँदा धाउँदा निराश भएर डिप्रेशनको औषधि खान बाध्य भएका युवाहरुको यथार्थलाई सम्बोधन गराएर प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ दिनेगरी बजेट आएको छ, नेपालको युवाहरुको निम्ति एउटा जित हो, खुसीको दिन हो । ’

बजेटले सार्वजनिक शिक्षाको गुणस्तरको विषय, विश्वविद्यालयको गुणस्तर, विश्वबजारमा प्रतिस्पर्धा गर्ने शिक्षाको विषयमा आफूहरुले आवाजलाई सम्बोधन गरेको लामाको भनाई छ। ‘आज विज्ञानयुक्त इ लर्निङ प्रविधिबाट पढाउने कुराको ग्यारेन्टी गरेको छ। यो समृद्ध नेपाल निर्माणको अठोट हो’, उनले भनिन् ‘यो बजेटले खाडीमा रहेका युवाहरुलाई रोजगार, स्वरोजगार नाममा रकम छुट्टाएको छ। बजेटले आमुल परिवर्तनको अठोट गरेको छ ।’

बजेटको स्वागत र पूर्ण समर्थन गर्दै उनले शैक्षिक प्रमाण दुरुपयोग नहोस भनी अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराइन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger