Latest Updates :

सम्म पीचबाटोमै ४० जना सवार बस पल्टियो, अनियन्त्रित भएपछि चालक हाम्फालेर भागे

SHARE THIS POST :
बारा । बाराको जीतपुरमा यात्रुबहाक बस पल्टिएको छ । पथलैयाबाट वीरगञ्ज तर्फ गइरहेको ना ७ ख ६४९० नम्बर बस जीतपुरमा पल्टिँदा पाँच जना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रत्यक्षदर्शी रोशन तिमल्सिनाले अाेएसनेपाललाई जानकारी दिए । घटनास्थलमा रहेका उनकाअनुसार सो बसमा करिब ४० जना यात्रु सवार थिए । बस अनियन्त्रित भएपछि चालक बसबाटै हाम्फालेर भागेपछि पल्टिएको यात्रुलाई उद्धृत गर्दै तिमल्सिनाले जानकारी दिए । यद्यपी उद्धार कार्यमा भइरहेकाले साे बसमा यात्रु कति थिए भन्ने एकीन भइसकेकाे छैन । यसर्थ यात्रुकाे संख्यामा थपघट हुन सक्ने उनले जानकारी दिए । अहिले सो बसका चालक र सहचालक फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको बताइएको छ । सम्म पीचबाटोमा बस पल्टिएकाले चालकको लापरबाही हो वा अन्य कारण हालसम्म खुलेको छैन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger