Latest Updates :

पोखराको जीरोदेखि हल्लनचोकसम्म सडकैभरी राष्ट्रिय झण्डा

SHARE THIS POST :
पोखरा, असार १४ ।
पोखराको जीरो किलोमिटरदेखि हल्लनचोकसम्म राष्ट्रिय झण्डा झुण्ड्याउने काम सुरु भएको छ । पोखरा लेखनाथ महागरपालिकाले लेकसाईड छिर्ने पर्यटकलाई लक्षित गरी झण्डा झुण्ड्याएको हो ।

सुरुमा नमुना टाँसिएको महानगरले जनाएको छ । ‘अहिले नमुना टाँस भैरहेको छ । फ्लेक्स र टिन कुन टाँस्ने भन्ने कुरा बुझ्दैछौं, मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले भने–महानगरको ब्युटिफिकेसन कार्यक्रम अन्तर्गत यो काम गरिएको हो ।’

केही दिनमै टाँसी सक्ने उनको भनाई छ । जीरो देखि हल्लनचोकसम्मका सबै सोलार बत्तिको पोलमा राष्ट्रिय झण्डा टाँस हुनेछन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger