उनलाई उनको बुवाले फिल्मी तरिकाले पछ्याए, तर उनले प्रेमीलाई भेट्ने र विवाह गर्ने संकल्प छोडिनन् ।
प्रेमी भारत फर्किएको तीन महिनापछि उनले देश छोडिन्ःभारतको तेलंगनाका ३० वर्षे युवकले ड्राइभिङ काम छोडेर गत फेब्रअरीमा आफ्नो गाउँ फर्किए ।तर लगत्तै उनकी प्रेमिकाले फोन गरेर बिछोड सहन नसकेको बताइन् । प्रेमीलाई चिन्ता नगर्न र चाँडै नै आफू भारत आउन लागेको जानकारी दिइन् ।गत महिना, हप्तौंको योजनापछि उनले आफ्नो घर र देश छोडिन् ।उनका प्रेमीले कुरिरहेका थिए तर बुवाले पछ्याइरहेका थिएःउनी नेपाल आइन् र अवैधानिक रुपमा भारत प्रवेश गरिन्, यो सबै एक्लै गरिन् । त्यसपछि उनले दिल्लीको यात्रा तय गरिन् जहाँ उनलाई उनका प्रेमीले कुरिरहेका थिए ।
त्यहाँ पुगेपछि उनीहरुले समय बर्बाद नगरी तेलंगना पुगेर विवाह गरिहाले ।तर फिल्मको कथाजस्तै, उनको बुवाले छोरीको खोजी कार्य सुरु गरिसकेका थिए । लगत्तै उनका बुवा साउदी अरब दूताबासका अधिकारीसहित हैदराबाद पुगे ।अपहरणको मुद्दा दर्ता गरियोः
यी दुईको विवाहबारे अनभिज्ञ उनका बुवाले आफ्ना पूर्व ड्राइभरविरुद्ध अपहरणको मुद्दा दता गरे अनुसन्धानकर्ताले उनलाई निजाम्बाबादसम्म पछ्याए । तर युवतीले पुलिसलाई आफूले विवाह गरिरहेको र भारतमा नै बस्न चाहेको बताइन् ।
यद्यपी, उनले अब भारतको नागरिकता लिनु पर्नेछ । यसका लागि उनले भारत सरकारसँग सम्पर्क गरिसकेको बताइन् । अपहरणको मुद्दा खारेज गरिएको बताइएको छ । एजेन्सि
Post a Comment