Latest Updates :

सुन तस्करीका मुख्य अभियुक्त गोरेसहित तीन जनालाई काठमाडौँ झिकाइयो

SHARE THIS POST :

सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनका सालो छिरिङ वाङगेललाई काठमाडौं ल्याइएको छ। मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका उनीहरुलाई सोमबार बिहान सम्पत्ति सुद्धिकरण विभागले आवश्यक अनुसन्धानका लागि झिकाएको हो। सम्पत्ति सुद्धिकरण विभागमा गोरे, भुजुङ र वाङगेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान सूरु गरेको हो। तीनै जना अभियुक्तहरुलाई सोमबारै ललितपुरको पुल्चोकस्थित विभागमा उपस्थित गराइएको छ। पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन्। सुन तस्करीका मुख्य अभियुक्त गोरे सार्वजनिक साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ । नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित विशेष अनुसन्धान टोलीले गोरेलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत मंगलबार सार्वजनिक गरेको हो । साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि नेपाल र छिमेकी मुलुक भारतमा गरिएको अनुसन्धानबाट उनी काठमाडौँ आएको सूचनाका आधारमा आज बिहान ५ः३४ मा काठमाडौँ महानगरपालिका– ८ गौरीघाटबाट पक्राउ गरिएको संयोजक पौडेलले जानकारी दिए । यसअघि भारतबाट पक्राउ गरिएको भनिए पनि अनुसन्धान टोलीले गौरीघाटबाट पक्राउ गरिएको जानकारी दिएको छ । यस प्रकरणमा विसं २०७५ वैशाख १९ गते मोरङ जिल्ला अदालतमा ६५ जनाको नाममा मुद्दा दर्ता गरिएकामा ३२ जनालाई अदालतमा उपस्थिति गराइसकिएको र अरू ३३ जना अहिलेसम्म पनि फरार रहेको पौडेलले बताए । “गोरेलाई चाँडोभन्दा चाँडो मोरङ जिल्ला अदालतमा उपस्थित गराइने छ” – उनले भने् । संयोजक पौडेलले घटना जेरीजस्तै जेलिएकाले गम्भीर रूपमा अनुसन्धान भइरहेको जानकारी दिए । “यी अभियुक्तबाहेक अन्य विषयमा पनि सूचना प्राप्त भएको छ, हामी चाँडै नै अरू अभियुक्तलाई पनि सार्वजनिक गछौँ” – उनले भने् । अनुसन्धानका लागि गठित टोलीलाई ४५ दिनको म्याद दिइए पनि टोलीले अनुसन्धान पूरा गरी नसकेकाले सरकारले टोलीको म्याद जेठ मसान्तसम्मका लागि थप गरेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger