Latest Updates :

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, कति भए पास ? (नतिजा सहित)

SHARE THIS POST :
काठमाडौं । सन् २०१९ को लागि लिइएकोको नवौँ चरणको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । 
ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिइएको कोरिया भाषा परीक्षाको नतिजा प्रकाशित भएको हो । 
सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका मध्ये कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । 
यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । 
जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन् ।
कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा प्रकाशित गर्न धेरै समय लगाउँदैन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger