Latest Updates :

भर्खरै धादिङ बाट आयो अर्को ठुलो दुखद खबर

SHARE THIS POST :

धादिङ, २१ जेठ – सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा परीक्षा चलिरहेको समयमा अपरिचित मान्छेहरुको समूहले क्याम्पस तोडफोड भएको छ । स्नातक तह दोश्रो बर्षको आन्तरिक परीक्षा चलिरहेको बेला सोमबार बिहान ८ वजे तिर क्याम्पस परिसर भित्र प्रवेश गरेको अपरिचित मान्छेहरुको समूहले क्याम्पसको प्रशासन
तथा लेखा शाखामा तोडफोड गरेको क्याम्पसले जनाएको छ ।क्याम्पस प्रमुख नवराज शर्माले जारी गरेको बिज्ञप्ति अनुसार तोडफोडबाट क्याम्पसको प्रशासन तथा लेखा शाखामा रहेको २ थान कम्प्यूटर, १ वटा कलर प्रिन्टर सहित दुई वटा प्रिन्टर, २ वटा कुची, १ वटा पोडियम, ८ वटा झ्यालका सीसा, १ वटा टेलिफोन सेटमा पूर्ण रुपमा क्षति पुगेको छ ।
तोडफोडका कारण स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी कविता श्रेष्ठ घाईते भएकी छन् । क्याम्पसको नियमित पठनपाठन र स्नातक तह दोस्रो वर्षको आन्तरिक परीक्षा सन्चालन भइरहेको अवस्थामा क्याम्पसमा तोडफोड गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

तोडफोडपछि प्रेस विज्ञप्ति जारी

गर्दै क्याम्पसले शान्त वातावरणमा अध्ययन भइरहेको क्याम्पसमाथि अशान्त वातावरणमा सिर्जना गर्ने क्रियाकलाप तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । दोषाीलाई तत्काल कारबाही गरी घाईते विद्यार्थीको उपचार र क्षति भएका सामग्रीहरुको क्षतिपूर्ति उपलब्ध हुनु पर्ने माग क्याम्पसले राखेको छ ।
तोडफोड गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । नयाँ शक्ति बिद्यार्थी युनियन, तीन वटा अखिल क्रान्तिकारी,राजपा बिद्यार्थी संगठन,अनेरास्ववियु पाँचौं,समाजवादी बिद्यार्थी फोरम,नेपाल,राष्ट्रवादी बिद्यार्थी संघको आव्हानमा पेट्रोलियम पदार्थमा भईरहेको मुल्य बृद्धि फिर्ता हुनुपर्ने लगायतका माग राखेर सोमवार देश व्यापी शैक्षिक हडताल आव्हान गरिएको थियो ।सोही आव्हानका कारण जिल्लाका सम्पूर्ण निजी बिद्यालयहरु वन्द रहेपनि नीलकण्ठ क्याम्पस नियमित संचालनमा रहेका कारण सोही समूहले तोडफोड गरेको हुन सक्ने अनुमान गरिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger