पोखरामा प्याराग्लाइडिङ्गको करिब २० वर्षे इतिहासमा पहिलो पटक सराङकोट बाट स्थायी रुपले उडान भर्न र अवतरणका लागि स्थायी ठाँउको खोजी सुरु भएको छ । प्याराग्लाइडिङ उडानका लागि विश्व कै ५ औं उत्कृष्ट गन्तव्य मध्ये एक पोखरामा यसरी उडान भर्नका लागि पहिलो पटक स्थायी ठाँउको खोजी सुरु भएको हो ।
नेपालमा खेलकुद इतिहासमा नै पहिलो पटक हुन लागेको विश्व प्याराग्लाइडिङ प्रतियोगितालाई मध्येनजर गर्दै नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले पोखरा लेखनाथ महानगर पालिका संग स्थायी ठाँउ दिन आग्रह गरेको हो । संघका महासचिब शैलेन्द्र रावतका अनुसार विश्वकपको मापदण्डका पुरा गर्नको लागि पनि टेक अफ र ल्याडिङ्गको उचित स्थान आवश्यक परेको बताए ।
Post a Comment