झाक्रीको उत्पत्ति यो शृष्टिसंगै माहादेवले उत्पत्ति गरेका हुन भन्ने मान्यता छ। मुलत: झाक्री तिन पाच र सात भाईको नामले कहलाउँछन। ती सुन झाक्री, लटे झाक्री, रीठ्ठे झाक्री, दुघे झाक्री, लाटो झाक्री, वन झाक्री र काठे झाक्री हुन्। यस्तो झाक्रीको विषयमा हामीले अहिले सुन्दा दन्त्य कथा जस्तो लाग्छ तर यो सत्य हो।
दिल कुमार तामाङ् जोरपाटी, काठमाडौँमा वन झाक्रीले चिरपरिचित छन्। उनी सानै छदा आफ्नो दाई दीदीसँग गोठालो जान्थे। उनको घरका सबै जना एकएक दिन गरेर पालैपालो गोठालो जानु पर्थ्यो। त्यसै क्रममा एकदिन उनको पालो आयो। उनी नुहाईधुवाई गरेर गाई बाख्रा लिएर गोठालो गए। उनले एक्कासी कोहि आएको जस्तो अध्यारो देखे। त्यहाँ उनले एउटा सानो कमिलो गुँड जस्तो प्वाल पनि देखे। के रहेछ भनेर हेर्दा त उनी अर्कै दुनियामा पुगे। उनी एक दरवार जहाँ वन झाक्री थियो उनको परिवार थिए त्यस्तो ठाउँमा पुगे।
Post a Comment