घाइतेमध्ये अधिकांशको टाउको, हात र खु्ट्टामा चोट लागेको उनले बताए । घटनाका प्रत्यक्षदर्शी झापाका सागर उप्रेतीका अनुसार घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियो ।‘म तरकारी किन्न जाँदै थिए । साथीहरु दुर्घटनामा परेर सडक छेउमा लडिराख्नुभएछ । केही मात्रै गम्भीर घाइते भएको देखिन्छ । अरु सामान्य घाइते देखिए,’ उप्रेतीले भने ।
प्लेकसस् अमेरिकी कम्पनी हो । विद्युतीय सामान उत्पादन गर्ने यो कम्पनीमा नेपाली मात्रै एकहजार भन्दा बढी कार्यरत छन् । उनीहरुले ओभरटाइससहित झन्डै १७ सय रिंगेटसम्म कमाउने गरेका छन् । ‘कम्पनीमा अरु खालको समस्या त खास छैन,’ उनले भने, ‘यही डिउटी जानआउने बेला अलि डर हुन्छ
।’सिंहदरबारभित्रैका कर्मचारी सबैभन्दा अटेरी, १७ सयमाथि कारबाही सिफारिस काठमाडौँ: राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा ८१९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिए ।
उनका अनुसार कारवाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने एक हजार ११९ जना र पोशाक नलगाउने ५४९ जना रहेका छन् । कारवाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी रहेका छन् । उपसचिवसमेत रहेका अर्यालका अनुसार सिंहदरबारका ४३ वटा कार्यालयमा गरिएको अनुगमनमा १८८ जना समय पालना नगर्ने र २८० जना पोशाक नलाउने परेका छन् । समय पालना नगर्ने र पोशाक नलगाउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखलाई कारवाही गर्न निर्देशन दिइएको बताइएको छ । उनका अनुसार स्पष्टीकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मका कारवाही गर्न सिफारिस गरिएको छ ।
Post a Comment