Latest Updates :

वातावरणमैत्री चुल्होको प्रयोग बढ्दो

SHARE THIS POST :
३० जेठ (रासस) – पूर्वी नवलपरासीको गैँडाकोट– १४ नगरटाँडीमा धुवाँरहित वातावरणमैत्री चुल्हो निर्माण गरी प्रयोग भइरहेको छ । नगरपालिकाले महिला तथा समुदायकै स्तर उकास्न वातावरणमैत्री चुल्हो निर्माण गर्न तालिम प्रदान गरेपछि यसको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ ।
गैँडाकोट नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा लोकतान्त्रिक सचेतना केन्द्र गैंँडाकोट– १४ नगरटाँडीले धुवाँरहित वातावरणमैत्री चुल्हो निर्माण गरिरहेको छ । स्वास्थ्यमा कम असर गर्ने तथा समयको बचत हुने भएकाले वातावरणमैत्री चुल्हो प्रयोग गर्नेको संख्या बढ्दै गएको छ ।
“तालीम पश्चात महिलाले चुल्हो बनाएर प्रयोग गर्न थालेका छन्,” लोकतान्त्रिक सचेतना केन्द्र गैँडाकोट, नगरटाँडीका अध्यक्ष फूलमाया तामाङले भन्नुभयो । चाम्रो माटो, फलामको रड, तार, बाबियोका टुक्रा, नुन, चिनी र बर्नलको सहयोगमा फर्मामा हालेर चुल्हो बनाउने गरिन्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger