महाशाखाका मौसमविद् सुवास रिमालका उच्च वायुमण्डलमा भारतबाट आएको धुलो टाँसिएपछि फोहोर पानी परेको हो । अरु बेलामा पनि उच्च वायुमण्डलमा भारतबाट धुलो आउने गरेको छ । तर पानी नपर्दा यो वायुमण्डलबाट नै मध्य क्षेत्र हुँदै पूर्वबाट बाहिरिने गरेको उहाँको भनाई छ । वर्षातको समयमा भने पानी पर्दा धुलो पनि सँगै झरेपछि फोहोर पानी परेको उहाँले जानकारी दिनुभयो । केही समयअघि अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको अध्ययनले भारतमा वायु प्रदुषणको मात्रा निकै उच्च भएको देखाएको थियो ।
नेपालमा बहने हावा भारत हुँदै आउने भएकाले त्यहाँको धुलो पनि सँगै आएको मौसमविद् रिमालको भनाई छ । हिलो पानी परेपछि के भयो भनेर धेरै जना अन्यौलमा परेका थिए ।-उज्यालो अनलाइन बाट तस्बिरहरु – सुवास कार्की र अर्जुन पाेख्रेलकाे ट्विटरबाट
Post a Comment