Latest Updates :

काठमाडौंको जम्बुडाँडामा गोली चल्यो : खुँडे डाँका घाइते

SHARE THIS POST :
काठमाडौं । राजधानीको बौद्वनजिकै जम्बुडाँडामा बिहीबार साँझ गोली चलेको छ । जम्बुडाँडा नजिकै रहेको खोलाको किनारामा प्रहरी र लुटेरा समूहबीच गोली चलेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दुई राउन्ड गोली चलाएको हो । मुठभेडमा खुँडे भन्ने अम्बर बहादुर  तामाङ घाइते भएको प्रहरीले बताएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे घर भएका अम्बर तामाङको खुट्टामा २ राउन्ड गोली लागेको अपराध महाशाखाले जनाएको छ । तामाङलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, तामाङको साथबाट ७ बण्डल नक्कली नोटको डलर बरामद भएको महाशाखाले जनाएको छ ।

को हुन् अम्बर तामाङ ?

अम्बरले गत जेठ २५ गते  डलर साँट्न भन्दै बोलाएर भक्तपुरमा १८ लाख लुटपाट गरेका थिए ।

चाँगुनारायण नगरपालिका इन्द्रेणीपुल–३ स्थित ताप्लेजुङ फुङलिङ नगरपालिका–१ घर भई हाल स्वयम्भु बस्दै आएका विरेन तामाङलाई बोलाई अम्बरले १८ लाख लुटपाट गरेको प्रहरीले बताएको छ ।

अम्बरले डलर साटेको बापत २ लाख रुपैयाँ फाइदा हुने बताएपछि  विरेन तामाङले १८ लाख रुपैयाँ लिएर पैसा साँट्न गएका थिए ।



डलर साँट्न भन्दै बोलाएर भक्तपुरबाट लुटियो १८ लाख

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger