Latest Updates :

राम्रो होला भनेर प्रहरी होस्टेल राखेको छोरो बिग्रेको रहेछ भन्दै गोरेका आमा र बुवाको झर्यो धरधरी आँशु, बुवा भन्छन्, ‘सजाय पनि पाउनु पर्छ र तस्करबाट कमाएको सम्पति पनि सरकारले लानु पर्छ’ (भिडियोसहित)

SHARE THIS POST :
काठमाडौं – साढे ३३ किलो सुन तस्करीकान्डका ‘मुख्य’ योजनाकार चूडामणि उप्रेती ‘गोरे’, होटल व्यवसायी भुजुङ गुरुङ र गुरुङको साला नाता पर्ने छिरिङ वाङदेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान गर्न भन्दै मोरङ कारागारबाट काठमाडौं झिकाएको छ ।अकुत सम्पत्ति आर्जन गरेको आशंकामा छानबिनका लागि विभागले सोमबार उनीहरुलाई राजधानी ल्याइ थप अनुसन्धान थालेको हो ।साढे ३३ किलो सुनकान्ड र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयले बनाएको विशेष अनुसन्धान टोली, प्रहरी र अदालतसमेतको अनुसन्धान र बयान सकाएका तीनैजनालाई सम्पत्ति शुद्धीकरणमा छानबिन गर्न काठमाडौं ल्याइएको हो ।

काठमाडौं ल्याएलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उनीहरुलाई उपस्थित गराइसकिएको छ भने विभागले साढे ३३ किलो सुनकान्डका अरु आरोपी पनि तानिनसक्ने जनाएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धानका विभागका निर्देशक विनोद लामिछानेले आरोपीहरुले अकुत सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएमा त्यस्तो सम्पत्ति जफत हुने पनि बताए ।

सनम शाक्यको हत्या प्रकरण र साढे ३३ किलो सुनकान्डका ‘आरोपीहरुको सम्पत्तिमाथि छानबिन गरी पाऊँ’ भन्ने जाहेरीका आधारमा उनीहरुमाथि अनुसन्धान थालिएको उनले बताए ।आवश्यक परेका समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपलब्ध गराउने गरी हाल उनीहरुलाई केन्द्रीय कारागार पठाइएको छ ।गोरेका बुवा–आमा यसो भन्छन् यता, छोरालाई काठमाडौं ल्याएको खबर पाएपछि गोरेका बुवा नेत्रप्रसाद उप्रेती र आमा बिना उप्रेती केन्द्रीय कारागार पुगेका थिए ।

छोरासँगको भेटपछि १९ वर्षसम्म प्रहरी सेवामा रहेका गोरेका बुवा नेत्रप्रसादले छोरा कुलतमा लागेको हो कि भन्ने शंका लागी पटक–पटक सोधपुछ गरेपनि त्यस्तो कर्तुतबारे जानकारी नभएको प्रतिक्रिया दिए ।उनले गोरे लामो समयदेखि सम्पर्कमा नआएको बताउँदै छोराले कुकर्म गरी कमाएको सम्पत्ति छ भने राज्यले खोसेर लगोस् र गल्ती गरेको भए सजाय भोगोस् भन्ने प्रतिक्रिया दिए ।आमा बिनाले भने छोरो गत असोजदेखि सम्पर्कविहीन भएको र उसले गर्ने कामकाबारेमा आफूहरुलाई केही जानकारी पनि नभएको भन्दै गल्ती गरेको भए सजाय भोग्नुपर्ने बताइन् ।गोरेका दुई सन्तानमध्ये ६ महिनाकी छोरीलाई गोरेकी श्रीमतीले लगी बेपत्ता भएको र ६ वर्षका छोरा भने आफूहरुसँगै रहेको पनि उनीहरुले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger